
गोरखामा स्थानीय तहका आइशोलेसन र कोभिड अस्पताल तयारीमा अवस्थामा राख्न निर्देशन
गोरखाको विभिन्न स्थानीयत तहमा विगतमा संचालनमा भएका आइसोलेशन र अस्थायी कोभिड अस्पतालनलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति(डिसिएमसी)को आइतबार बसेको वैठकले आइसोलेशन र कोभिड अस्पताल तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।
गोरखा अस्पतालले कोभिड–१९ का विरामीहरुलाई उपचार गर्न न्यूनताम पाँच शैया छुट्टाई राख्ने र आवश्यकता अनुसार बेडलाई विस्तार गर्दै लैजाने र कोरोना संक्रमित विरामीहरुको उपचार व्यवस्थापनाका लागि गोरखा अस्पताल र स्वास्थ्य कार्यालय आवश्यक व्यवस्थापना मिलाउने वैठकले निर्णय गरेको छ ।
वैठकले कोभिड–१९ प्रतिकार्यको लागि स्वासथ्य संस्थाहरुमा आवशयक स्वासथ्य सुरक्षा सामाग्री, एचडीयू, आईसीयू र भेन्टिलेटर सहितका अस्पताल बेडहरु, स्वास्थ्य सामाग्री, जनशक्ति, औषधी र अक्सिजन लगायतलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।
त्यस्तै हरेक सरकारी कार्यालयमाभित्र प्रवेश गर्दा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र प्रत्येक कार्यालयको प्रवेशद्धारमा स्यानिटाइजरको व्यवस्था मिलाउने, सेवाग्राहीको भिडभाड हुने सरकारी कार्यालयहरुमा सेवा लिन आउदा र सार्वजनिक यातायातमा मास्कको प्रयोग अनिवार्य गर्ने र स्यानीटाइजरको व्यवस्था मिलाउनुपर्ने वैठकले निर्णय गरेको छ ।
विद्यालय, विश्वविद्यालय, धार्मिक स्थल, भीडभाड हुने प्रकृतिका व्यवसायिक तथा मनोरन्जनहरु, स्टेडियम आदि सार्वजनिक स्थलहरुमा मास्क अनिवार्य प्रयोग गर्न समेत वैठकले निर्देशन दिएको छ ।




