| मङ्लबार, कार्तिक २४, २०८३

भिमसेनथापामा वडामै पुगेर बैकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने

गोरखाको भिमसेन थापा गाँउपालिकाले सबै वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । गाउँपालिकाकाले बुधबार सूचना जारी गर्दै बैकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाट वितरण गर्ने जनाएको हो ।

यस अघि गाउँपालिकाले पालिकामा रहेको मेगा बैंकमार्फत वडा नं १, २, ३, ५, ७ र ८ वटाहरुमा सामाजिक सुरक्षा भत्ता वितरण हुदै आएको थियो । आगामी साउन १० गतेबाट क्रमश प्रत्येक वडामै पुगेर भत्ता वितरण गर्ने प्रबन्ध मिलाएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले कार्यतालिका नै बनाएर यही साउन १० देखि १७ गते सम्म प्रत्येक वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिने जनाएको छ ।

कार्यतालिका अनुसार १० गते वडा नं. १ मा वडा कार्यालयबाट, ११ गते वडा नं २ मा वडा कार्यालयबाट, १२ गते वडा नं ३ मा वडा कार्यालयबाट, १५ गते वडा नंं ५ मा वडा कार्यालयबाट, १६ गते वडा नं ७ मा वडा कार्यालयबाट र १७ गते वडा नं ८ मा वडा कार्यालयबाट लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिएको छ ।

बैंकिङ प्रणालीमार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्तालाई लाभग्राहीको थप सहजताका लागि गाउँपालिकाको समन्वयमा बैंकका कर्मचारीलाई वडामै पु¥याएर वितरण गर्ने प्रबन्ध मिलाइएको गाउँपालिका अध्यक्ष लोक प्रसाद बञ्जाराले बताए । साथै, ज्येष्ठ नागरिक, दलित, अशक्त, असहाय, एकल महिलालगायतका लाभग्राहीलाई बैंकमा आएर भत्ता लिन असहज भएकाले उनीहरूको सम्मान र सहजताका लागि हरेक वडामै पुगेर भत्ता वितरण गर्ने निर्णय गरिएको अध्यक्ष बञ्जाराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्