| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा रोपाँई अन्तिम चरणमा, ८० प्रतिशत खेत रोपियो

रोपाइँ गर्ने बेलामा चर्को खडेरी परे पनि गोरखाको रोपाईँ अन्तिम चरणमा पुगेको छ । किसानहरुले सिँचाइ र रासयनिक मलको अभावका बीच ८० प्रतिशत रोपाईँ सकेका हुन् । १२ हजार एकसय हेक्टर क्षेत्रफलमा यो सिजनमा धान रोपिन्छ । बर्खे धान भने आठसय हेक्टर क्षेत्रफलमा लगाईन्छ ।

‘मल नपाउँदा र पानीको समस्याले किसानले दुःख भोग्नुप¥यो’, कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले भने ‘गत बुधवारसम्म गोरखामा ७० प्रतिशत रोपाईँ भएको थियो, अहिले मध्ये सिजन भएकाले चार दिनमा १० प्रतिशत थप भएको हुनुपर्छ ।’ हरेक बुधवार कार्यालयले जिल्लाभरबाट तथ्याङ्क लिने गरेको उनले बताए ।

गतवर्ष गोरखामा ४७ हजार आठ सय ८० मेटिूक टन धान उत्पादन भएको थियो । अहिले धान रोप्ने सिजनमा मल र सिँचाइ अभाव भएकाले उत्पादन घट्न सक्ने अनुमान कृषि प्राविधिकहरुको छ । ‘धान रोपेपछि पनि फेरी मल हाल्नुपर्छ, रोप्दा पनि मल नपाउने, पछि पनि नपाउने भयो भने उत्पादन गत वर्ष भन्दा घट्न सक्छ’ ज्ञान केन्द्रका प्रमुख अधिकारीले भने । अहिले गोरखामा मागभन्दा ५० प्रतिशत कम मल आयात भएको उनले बताए । कृषि ज्ञान केन्द्रमा हरेक दिन किसानले मल नपाएको गुनासो गर्छन ।

गोरखामा खेती हुने जमिन भने खासै बढेको छैन । अहिले यहाँका किसानले सावित्री, मन्सुली, मकवानपुर १, हर्दिनाथ जस्ता उन्नत जात र हाईब्रिडमा च्याम्पियन महाराजा, युएस ३१२ नामको धान रोपेका छन् ।

दरौँदी फाँट, ज्यादुलफाँट, टारिफाँट, दर्बुङफाँट, बोर्लाङफाँट लगायतका ठाउँमा धान उत्पादन धेरै हुने गर्छ । पालुङटार ९ को सिर्दिफाँट, शेराफाँट लगायतका ठुला फाँटमा बाढीले खेत र रोप्नेबेला भएको बिउ सोत्तर भएपछि किसानले यो वर्ष खेत रोपेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्