
असल छिमेकी नेपालद्वारा श्याम्चेतका ४० परिवारलाई राहत सामग्री वितरण
गोरखाको आरुघाट गाउँपालिका १ श्याम्चेतका पहिरो पिडित स्थानीयहरुलाई राहत सामाग्री वितरण गरेको छ । घटनास्थलमै पुगेर सो संस्थाले पहिरो पिडित राहत सामाग्री वितरण गरेको हो ।
पूर्ण क्षति भएको तीन परिवार र उच्च जोखिममा रहेका ३७ परिवारलाई राहत सामाग्री वितरण गरिएको असल छिमेकी नेपालका अनुगमन, मूल्यांकन विभाग प्रमुख दिनेश केसीले बताए ।
पूर्ण क्षति भएका ३ परिवारलाई प्रतिपरिवार रु दश हजार नौसय पच्चीस रुपैयाका दरले खाद्य र गैरखाद्य, भाँडा, लत्ता कपडा वितरण गरेको केसीले बताए ।

यस्तै, उच्च जोखिममा रहेका ३७ परिवारलाई चार हजार पाँचसय नब्बे रुपैयाँ बराबरको खाद्य तथा गैरखाद्य सामाग्री वितरण गरिएको छ । जसअनुसार उनीहरुलाई चामल, क्वाँटी, रातो दाल, नून, सनफ्लावर खाने तेल, लुगा धुने साबुन पिस, नुुहाउने साबुन, कचौरा, स्टील गिलास, देक्ची, कराई, डाडु र डबल साइज ब्ल्याकेट, सिङ्गल साइज ब्ल्यान्केट, बेडशिट तन्ना लगायको सामाग्री वितरण गरिएको उनले जानकारी दिए । करिब ४ लाख बराबरको सामग्री वितरण गरिएको उनले दरौदी दैनिकलाई बताए ।
राहत वितरण कार्यक्रममा आरुघाट गाउँपालिकाका प्रमुख राजु गुरुङ, उपप्रमुख कल्पना नेपाली, वडा १ अध्यक्ष गजे घले, वडा ३ अध्यक्ष तथा विपद् तथा वातावरण व्यवस्थापन समितिका संयोजक टेकबहादुर अधिकारी, वडा २ अध्यक्ष रमेश लामिछाने, संस्थाको तर्पmबाट असल छिमेकी नेपालका अध्यक्ष भरतबहादुर गुुुरुङ (अध्यक्ष), कार्यकारी निर्देशक राजु अधिकारी, योजना, अनुगमन, मूल्यांकन विभाग प्रमुख दिनेश के. सी र सारा गुरुङ, बिनिता श्रेष्ठ, दान बहादुर नेपाली, पृथ्वीराज बराल लगायतको सहभागिता रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको पहलमा स्थानीय जनप्रतिनिधि र असल छिमेकी नेपालले पहिरोबाट विस्थापित भएको परिवारलाई शनिबार खाद्यान्न तथा गैर खाद्य सामाग्री, भाँडा वर्तन, ब्ल्याङ्केट, तन्ना वितरण गरिएको केसीले बताए ।
असार २९ गतेको पहिरोका कारण श्याम्चेतका ४० घरधुरी कुनै विस्थापित भइसकेका छन भने कुनै जोखिम मलेर बसिरहेका छन् ।




