| शनिबार, अशोज २३, २०८३

गोरखाका संघअन्तर्गतका कार्यालयबाट ८७ करोड फिर्ता

केशव गुरुङ :

आर्थिक वर्ष २०७८/०७९ मा संघ सरकार अन्तरगतका जिल्लाका सरकारी कार्यालयहरुका लागि कुल १४ अर्ब ४४ करोड ८२ लाख ९ हजार ५ सय २७ रुपैया रकम विनियोजन भएको थियो ।

सोहि बजेटमध्ये १३ अर्ब ५७ करोड १४ लाख ४४ हजार ६ सय ७५ रुपैयाँ खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाले जनाएको छ ।
११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजनाका लागि कुल ४९ करोड २७ लाख ५२ हजार विनियोजन भएकोमा चालुतर्पm ८५ लाख ७ हजार र पूँजीगततर्फ २० करोड २२ लाख ७६ हजार गरी कुल २१ करोड सात लाख ८४ हजार खर्च गरेको छ ।

पुष्पलाल(मध्य पहाडी) राजमार्ग योजना कार्यालयका लागि विनियोजित कुल बजेट ९९ करोड ७७ लाख ७ हजारमध्य चालुतर्फ एक करोड १६ लाख ६८ हजार र चालुतर्फ ७६ करोड ८६ लाख ७४ हजार गरी कुल ७८ करोड ०३ लाख ४३ हजार खर्च गरेको छ ।

कार्यालयका अनुसार जिल्ला अदालत गोरखाका लागि कुल दुईकरोड २५ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा एक करोड ८२ लाख ६ हजार खर्च भएको जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय गोरखाको कुल एककरोड बजेट विनियोजन भएकोमा चालु तर्फ ९२ लाख २४ हजार र पुँजीगत तर्फ ४ लाख २७ हजार खर्च गरी कुल ९६ लाख ५२ हजार खर्च भएको जनाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय गोरखाका ६४ लाख ६८ हजार विनियोजन गरिएकोमा ४९ लाख ५१ हजार र राष्टिूय अनुसन्धान जिल्ला कार्यालयका लागि कुल एक करोड २२ लाख ७९ हजार मध्ये एक करोड १२ लाख २८ हजार खर्च भएको जनाएको छ ।

त्यस्तै, कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाका लागि कुल चारअर्ब ५५ करोड ७२ लाख ६५ हजार विनियोजन गरिएकोमा चालु तर्फ छ ।

रु. ३१ लाख ३५ हजार विनियोजन भएको लार्के भन्सार कार्यालयकाले चालु तर्फ १२ लाख ९८ हजार र पूँजीगततर्पm एकलाख २२ हजार गरी कुल १४ लाख २१ हजार र ८६ लाख ५५ हजार विनियोजन भएको करदाता सेवा कार्यालय गोरखाको चालु तर्फ ४९ लाख ७२ हजार र पूँजीगत तर्फ ८९ हजार गरी कुल खर्च ५० लाख ६१ हजार भएको जनाएको छ ।

बूढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा पुनर्बास तथा पुनस्थापना इकाईको कुल ६ अर्ब १६ करोड ८० लाख विनियोजन भएकोमा चालु तर्फ १ करोड ६६ लाख १९ हजार र पूँजीगत तर्फ ६ अर्ब ३ करोड ९७ लाख ५२ हजार गरी कुल खर्च ६ अर्ब ५ करोड ६३ लाख ७१ हजार खर्च भएको कोलेनिका गोरखाले जनाएको छ ।

कार्यालयका अनुसार पालुङटार कुन्दुरटार सिंचाई आयोजना कुल बजेट १८ करोड ७५ लाख ७२ हजार विनियोजन भएकोमा चालु तर्फ ७८ लाख ७३ हजार र पूँजीगत तर्फ १३ करोड ८७ लाख ८४ हजार गरी कुल १४ करोड ६६ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ ।

परियोजना कार्यान्वयन इकाई कुल बजेट ६ करोड १७ लाख ४ हजार रहेकोमा चालुतर्पm ४ करोड ७६ लाख ६६ हजार र पूँजीगत तर्फ ३२ लाख ५८ हजार गरी कुल ५ करोड ९ लाख २५ हजार खर्च गरेको छ ।

यस्तै, कुल १८ करोड ५३ लाख ३२ हजार विनियोजन भएकोमा आयोजना क्लस्टर इकाईले चालु तर्फ १५ करोड ९८ लाख ७९ हजार र पूँजीगत तर्पm ७ लाख ५९ हजार गरी कुल १६ करोड ६ लाख ३९ हजार खर्च गरेको छ । एक करोड ४८ लाख ८३ हजार विनियोजन भएको कारागार कार्यालय गोरखाले चालु तर्फ ७८ लाख ९९ हजार र पूँजीगत तर्फ २७ लाख ६ हजार गरी कुल एक करोड ६ लाख ५ हजार खर्च गरेको छ ।

सशस्त्र प्रहरी बलका लागि विनियोजन भएको कुल ९ करोड १२ लाख ६३ हजार मध्य चालु तर्फ ८ करोड ८८ लाख ७२ हजार र पूँजीगत तर्फ ११ लाख ५५ हजार गरी कुल ९ करोड ११ लाख २७ हजार खर्च गरेको छ भने एकीकृत सेवा केन्द्र सिर्दिवासका लागि विनियोजन भएको कुल ४६ लाख ४० हजार मध्य चालु तर्फ २३ दाख ६१ ह्जार र पूँजीगत तर्फ एक लाख गरी कुल २४ लाख ६१ ह्जार खर्च गरेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाका लागि विनियोजित कुल बजेट २ करोड ७० लाख ६६ हजारमध्य चालु तर्फ २ करोड ७ लाख ७६ हजार र पूँजीगत तर्फ १४ लाख ८० हजार गरी कुल दुई करोड २२ लाख ५६ हजार खर्च भएको जनाएको छ ।

गोरखा दरबार संग्रहालयमा कुल बजेट एक करोड ३४ लाख १० हजार रहेकोमा चालुतर्फ ७९ लाख ११ हजार र पूँजीगत तर्फ २६ लाख ८२ हजार गरी कुल एक करोड पाँच लाख ९३ हजार खर्च भएको जनाएको छ । त्यस्तै, गोरखा दरबार हेरचाह अड्डाको लागि विनियोजित दुई करोड ७५ लाख ७२ हजार मध्य चालु तर्पm एक करोड ९२ लाख ७५ हजार र पूँजीगत तर्फ १२ लाख ७० हजार गरी कुल दुई करोड ५ लाख ४५ हजार गरेको छ । मनास्लु संरक्षण क्षेत्र सम्पर्क कार्यालय गोरखाका लागि विनियोजित कुल ४१ लाख ५३ हजार रकम मध्य चालु तर्फ ३६ लाख ४० हजार र पूँजीगत तर्फ ३ लाख गर िकुल ३९ लाख ४० हजार खर्च भएको जनाएको छ ।

मालपोत कार्यालय गोरखाका लागि कुल एक करोड ८३ लाख ६७ हजार विनियोजन भएकोमा चालु तर्फ एक करोड २ लाख ८५ हजार र पूँजीगत तर्पm १० लाख २५ हजार गरी कुल एक करोड १३ लाख १० हजार खर्च गरेको छ भने मालपोत कार्यालय सिर्दिबासका लागि विनियोजित कुल ७१ लाख ७४ हजार रकम मध्य चालु तर्फ ३५ लाख ८६ हजार र पूँजीगत तर्पm सात लाख ३९ हजार गरी कुल ४३ लाख २५ हजार खर्च गरेको जनाएको छ ।

नापी कार्यालय गोरखाका कुल एक करोड ३४ लाख २५ हजार बजेट विनियोजना गरिएकोमा चालु तर्फ एक करोड ३ लाख ७८ हजार र पूँजीगत तर्फ ८ लाख ९५ हजार गरी कुल एक करोड १२ लाख ७३ हजार खर्च गरेको छ भने नापी कार्यालय सिर्दिबासका लागि विनियोजित कुल ५८ लाख २३ हजार मध्य चालु तर्फ २७ लाख ९४ हजार र पूँजीगत तर्फ एक लाख ३६ हजार गरी कुल २९ लाख ३१ ह्जार खर्चगरेको कोष लेखा नियन्त्रक कार्यालय गोरखाले जनाएको छ ।

रिपुमर्दन गणका लागि विनियोजित कुल ४१ करोड ४७ लाख ३५ हजारमध्य चालुतर्फ ३९ करोड ५७ लाख ९२ हजार र पूँजीगततर्फ एक करोड ७४ लाख ९३ हजार गरी कुल ४१ करोड ३२ लाख ८६ हजार खर्च भएको जनाएको छ ।

यस्तै, २३ करोड ४३ लाख ४८ हजार विनियोजन गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई(भवन तथा आवास) गोरखाले कुल १९ करोड ५३ लाख २२ हजार खर्च गरेको छ । शिक्षा विकास तथा समन्वय इकाईको विनियोजित कुल २० करोड १९ लाख ५० हजार मध्य चालुतर्फ ११ करोड ७० लाख ६२ हजार र पूँजीगत तर्फ ६ करोड ५१ लख ४६ हजार गरी कुल १९ करोड २२ लाख ९ हजार खर्च भएको जनाएको छ ।

जिल्ला हुलाक कार्यालय गोरखाका लागि कुल पाँच करोड २२ लाख ८१ हजार विनियोजन गरिएकोमा चालुतर्फ तीन करोड ९७ लाख ६० हजार र पूँजीगततर्फ दुईलाख ४९ हजार गरी कुल चार करोड १० हजार खर्च भएको छ भने जिल्ला समन्वय समितिको कार्यालय, गोरखाको लागि विनियोजित एक करोड ७४ लाख ७२ हजार मध्य कुल खर्च ९७ लाख ९५ हजार भएको जनाएको छ ।

तथ्यांक कार्यालयका लागि ७९ लाख १८ हजार विनियोजन गरिएकोमा कुल खर्च ६१ लख ९६ हजार र जिल्ला जनगणना कार्यालय गोरखाका लागि विनियोजन गरिएको कुल बजेट दुई करोड १४ लाख ३७ हजार मध्ये दुई करोड १४ लाख ३७ हजाार खर्च भएको जनाएको छ ।

जिल्ला कृषि गणना कार्यालयका लागि कुल बजेट ८० लाख १७ हजार मध्य कुल खर्च ७४ लाख २५ हजार खर्च गरेको छ भने जिल्ला आयोजना कार्यानवयन इकाइ शिक्षाका लागि विनियोजित कुल ४ लाख ३५ हजार रकम मध्य चार लाख ३६ हजार भएको जनाएको छ ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ(अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का लागि कुल ३० लाख ४९ हजार रकम विनियोजन भएकोमा चालु तर्फ १४ लाख ८५ हजार खर्च भएको छ । स्थानीय तहको निर्वाचनको क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयका लागि विनियोजित कुल तीन करोड ५६ लाख १५ हजारमध्य तीन करोड ३० लाख ३७ हजार खर्च गरेको जनाएको छ ।

यसरी नै निर्वाचन अधिकृतको कार्यालय पालुङटार कुल बजेट ३३ लाख ३३ हजार रहेकामा कुल २५ लाख ४८ हजार, निर्वाचन अधिकृतको कार्यालय बारपाक सुलिकोट गाउँपालिकाको कुल बजेट २७ लाख १२ हजार रहेकोमा २० लाख ८८ हजार र निर्वाचन अधिकृतको कार्यालय सिरानचोक गाउँपालिका कुल बजेट २७ लाख ७१ ह्जार रहेकोमा २१ लाख ७ हजार खर्च भएको जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालय, अजिरकोट गापाका लागि कुल २२ लाख ८९ हजार विनियोजन गरिएकोमा १७ लाख ४० हजार, निर्वाचन अधिकृतको कार्यालय, आरुघाट गाउँपालिकाको लागि कुल २५ लाख ७४ हजार मध्य २१ लख ३८ हजार खर्च गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालय गण्डकी गाउँपालिकामा विनियोजित २५ लाख १३ हजार मध्ये १७ लाख ६५ हजार निर्वाचन अधिकृतको कार्यालय चुमनुब्री गाउँपालिकाका लागि विनियोजित २० लाख ८६ हजार मध्य १३ लाख ९५ हजार खर्च भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय, धार्चे गाउँपालिकाका लागि विनियोजित २० लाख ७७ हजार मध्य १६ लाख ८९ हजार, भिमसेन थापा गाउँपालिकाका लागि विनियोजित २५ लाख १५ हजार मध्ये २१ लख ३१ ह्जार र सहिदलखन गाउँपालिकाका लागि विनियोजित २८ लाख १२ हजार मध्य १९ लाख ९१ हजार खर्च गरेको जनाएको छ ।

त्यस्तै, इलाका प्रहरी कार्यालय,आरुघाटका लागि विनियोजित कुल ८ करोड ९८ लाख ४८ हजार मध्य चालु तर्पm ८ करोड ८५ लाख ५५ हजार र पूँजीगत तर्पm ६ लाख ६९ हजार गरी कुल ८ करोड ९२ लाख २५ हजार खर्च भएको छ । इलाका प्रहरी कार्यालय, जौवारीका लागि कुल ६ करोड ९ लाख २८ हजार मध्य चालु तर्फ ५ करोड ९५ लाख ६३ हजार र पूँजीगत तर्फ ७ लाख ५२ हजार गरी कुल ६ करोड २ लाख १५ हजार गरेको छ ।

इलाका प्रहरी कार्यालय ठाँटी पोखरीका लागि कुल ५ करोड ३९ लाख ८९ हजार विनियोजन भएको रकम मध्य चालु तर्पm ५ करोड ११ लाख १०हजार र पुजीगत तर्फ २५ लाख ६४ हजार गरी कुल खर्च ५ करोड ३६ लाख ७५ हजार भएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाको कुल बजेट २७ करोड ८३ लाख एक हजार रहेकामा चालु तर्पm २५ करोड २९ लाख ८५ हजार र पूँजीगत तर्फ एक करोड ७१ लख २५ हजार गरी कुल २७ करोड एक लाख १० हजार खर्च भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्