| मङ्लबार, कार्तिक २४, २०८३

श्यामचेत पहिरोका बिस्थापितलाई राहत बितरण

श्यामचेतको पहिरोबाट विस्थापित तथा उच्च जोखिममा रहेका बासिन्दालाई बिहिबार राहत वितरण गरिएको छ । आरुघाट गाउँपालिका वडा नं. १ श्यामचेतमा बुधबार साँझ गएको पहिरोले घर गुमाएका, विस्थापित तथा उच्च जोखिममा रहेकालाई गाउँपालिका कार्यालय, वडा कार्यालय तथा रेडक्रस सोसाइटीले राहत वितरण गरेको हो ।

‘गाउँपालिका र वडा कार्यालयले ४० घर परिबारलाई त्रिपाल, खाद्यान्न लगायतका सामान प्रदान गरेको छ’, वडाअध्यक्ष सूर्य घलेले भने, ‘बिहिबार दिनभर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्यहरु, इप्रका आरुघाट, प्रहरीचौकी मान्बु, नेपाली सेना, सशस्त्र प्रहरीको टोलीले पिडितहरुलाई उद्धार गर्ने काम ग¥यौँ ।’

नेपाल रेडक्रस सोसाईटी गोरखा शाखाले पनि त्रिपाल, कम्मल, म्याटूेस लगायतका सामग्री वितरण गरेको छ । जिल्ला विपत व्यवस्थापन समितिसँग समन्वय गरी रेडक्रसले २० वटा त्रिपाल, २० थान कम्बल, २० थान म्याटूेक्स, घर बगाएका दुई परिवारलाई दुई(दुई सेटसामग्री सहयोग गरिएको प्रजिअ शंकरहरि आचार्यले बताए ।

रेडक्रस गोरखाका सभापति यदुबिलास भट्टराई र जिल्ला प्रशासन कार्यालयका बिपद् फोकल पर्सन श्यामसुन्दर ढकाल सहितको टोली श्यामचेत पुगेर राहत वितरण गरेको हो ।

आरुघाट गाउँपालिका १ श्यामचेतमा पहिरो जाँदा रसबहादुर लामाको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । केसबहादुर लामाको घरमा आंशिक क्षति भएको इप्रका आरुघाटका इन्स्पेक्टर रामजी देवकोटाले जानकारी दिए । ‘पहिरोको बीचमा उच्च जोखिममा रहेका भक्तबहादुर लामा, राजकुमार लामा, केशबहादुर लामा, विष्णुमाया लामा र केशबहादुर लामाको परिबार पनि विस्थापित छन्’, उनले भने, ‘पहिरोको छेउछाउमा रहेका अरु १३ घरका बासिन्दा पनि जोखिममा छन् ।’ बुधबार गाउँलाई घेराभित्र पारेर पहिरो गएको उनले बताए । ‘अर्को पटक झरी पर्दा कताबाट पहिरो जान्छ भन्ने निश्चित छैन’, उनले भने, ‘त्यसैले श्यामचेत गाउँ नै पहिरोको जोखिममा छ ।’
घर गुमाएका र उच्च जोखिममा रहेकाहरु बिस्थापित भई गुम्बाडाँडा र आफन्तको घरमा शरण लिन पुगेका गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए ।

यसअघि पाँचबर्ष अघि सोही ठाउँमा पहिरो गएको थियो । त्यसपछि ६८ लाख रुपैयाँ खर्चेर पहिरो नियन्त्रणको काम गरिएको थियो । तर अहिले फेरि यसअघि लगाइएको तारजाली नाघेर पहिरो गएको हो ।
स्थानीय बिपत ब्यवस्थापन समितिले त्यहाँको अवस्थाबारे जिल्ला बिपत ब्यवस्थापन समितिलाई गरेको सिफारिसको आधारमा जिल्ला बिपत ब्यवस्थापन समितिले गृह मन्त्रालयसँगको सहकार्यमा थप सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

श्यामचेत पहिरोका बिस्थापितलाई राहत बितश्यामचेतको पहिरोबाट विस्थापित तथा उच्च जोखिममा रहेका बासिन्दालाई बिहिबार राहत वितरण गरिएको छ । आरुघाट गाउँपालिका वडा नं. १ श्यामचेतमा बुधबार साँझ गएको पहिरोले घर गुमाएका, विस्थापित तथा उच्च जोखिममा रहेकालाई गाउँपालिका कार्यालय, वडा कार्यालय तथा रेडक्रस सोसाइटीले राहत वितरण गरेको हो ।
‘गाउँपालिका र वडा कार्यालयले ४० घर परिबारलाई त्रिपाल, खाद्यान्न लगायतका सामान प्रदान गरेको छ’, वडाअध्यक्ष सूर्य घलेले भने, ‘बिहिबार दिनभर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्यहरु, इप्रका आरुघाट, प्रहरीचौकी मान्बु, नेपाली सेना, सशस्त्र प्रहरीको टोलीले पिडितहरुलाई उद्धार गर्ने काम ग¥यौँ ।’

नेपाल रेडक्रस सोसाईटी गोरखा शाखाले पनि त्रिपाल, कम्मल, म्याटूेस लगायतका सामग्री वितरण गरेको छ । जिल्ला विपत व्यवस्थापन समितिसँग समन्वय गरी रेडक्रसले २० वटा त्रिपाल, २० थान कम्बल, २० थान म्याटूेक्स, घर बगाएका दुई परिवारलाई दुई(दुई सेटसामग्री सहयोग गरिएको प्रजिअ शंकरहरि आचार्यले बताए ।

रेडक्रस गोरखाका सभापति यदुबिलास भट्टराई र जिल्ला प्रशासन कार्यालयका बिपद् फोकल पर्सन श्यामसुन्दर ढकाल सहितको टोली श्यामचेत पुगेर राहत वितरण गरेको हो ।

आरुघाट गाउँपालिका १ श्यामचेतमा पहिरो जाँदा रसबहादुर लामाको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । केसबहादुर लामाको घरमा आंशिक क्षति भएको इप्रका आरुघाटका इन्स्पेक्टर रामजी देवकोटाले जानकारी दिए । ‘पहिरोको बीचमा उच्च जोखिममा रहेका भक्तबहादुर लामा, राजकुमार लामा, केशबहादुर लामा, विष्णुमाया लामा र केशबहादुर लामाको परिबार पनि विस्थापित छन्’, उनले भने, ‘पहिरोको छेउछाउमा रहेका अरु १३ घरका बासिन्दा पनि जोखिममा छन् ।’ बुधबार गाउँलाई घेराभित्र पारेर पहिरो गएको उनले बताए । ‘अर्को पटक झरी पर्दा कताबाट पहिरो जान्छ भन्ने निश्चित छैन’, उनले भने, ‘त्यसैले श्यामचेत गाउँ नै पहिरोको जोखिममा छ ।’
घर गुमाएका र उच्च जोखिममा रहेकाहरु बिस्थापित भई गुम्बाडाँडा र आफन्तको घरमा शरण लिन पुगेका गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए ।

यसअघि पाँचबर्ष अघि सोही ठाउँमा पहिरो गएको थियो । त्यसपछि ६८ लाख रुपैयाँ खर्चेर पहिरो नियन्त्रणको काम गरिएको थियो । तर अहिले फेरि यसअघि लगाइएको तारजाली नाघेर पहिरो गएको हो ।
स्थानीय बिपत ब्यवस्थापन समितिले त्यहाँको अवस्थाबारे जिल्ला बिपत ब्यवस्थापन समितिलाई गरेको सिफारिसको आधारमा जिल्ला बिपत ब्यवस्थापन समितिले गृह मन्त्रालयसँगको सहकार्यमा थप सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्