| सोमवार, कार्तिक २३, २०८३

गोरखाको प्रदेश मातहतका सरकारी कार्यालयहरुको खर्च ८२ प्रतिशत

प्रदेश सरकार अन्तरगतका गोरखाका सरकारी कार्यालयहरुले चालु आर्थिक बर्षमा ८२ प्रतिशत खर्च प्रगति गरेका छन् । कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार जिल्लाका १७ वटा सरकारी कार्यालयहरुमा चालु आर्थिक वर्षमा प्राप्त तीन अर्ब दुई करोड २४ लाख ६३ हजार रुपैयाँमध्य दुईअर्ब ४७ करोड ७४ लाख ४० हजार रुपैयाँ खर्च भएको हो ।

पूर्वाधार विकास कार्यालय गोरखाका लागि चालु आवमा एक अर्ब २२ करोड ४९ लाख ८५ हजार बजेट प्राप्त भएकोमध्य कुल एक अर्ब २ करोड ४ लाख ९७ हजार खर्च गरेको अधिकारीले बताए । सो बजेटमध्य चालु खर्च ८९ लाख ५४ हजार र पूजीगतखर्च एक अर्ब १ करोड १५ लाख ४२ हजार खर्च गरेको सूचना अधिकारी अधिकारीले जानकारी दिए ।

कुल २१ करोड ६९ लाख २१ हजार बजेट रहेको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय गोरखाले १६ करोड ६९ लाख २ हजार रुपैयाँ मात्र खर्च गरेको जनाएको छ । चालु खर्च ८३ लाख ४४ हजार र पूजीगतखर्च १५ करोड ८५ लाख ५७ हजार खर्च गरेको कोलेनिकाले जनाएको छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाको यसबर्षको कुल बजेट ७३ करोड २ लाख ११ हजार रहेकामा कुल ६६ करोड ७४ हजार खर्च गरेको छ । जसमाचालु तर्फ १ करोड २६ लाख ५७ हजार र पूजीगततर्फ ६४ करोड ६४ लाख १६ हजार खर्च भएको छ ।
१ करोड ५९ लाख १४ हजार बजेट विनियोजन भएको घरेलु तथा साना उद्योग कार्यालय, गोरखाले कुल एक करोड ११ लाख ५६ हजार खर्च गरेको छ । जसमा चालुतर्पm ७३ लाख ७४ हजार र पूँजीगततर्पm ३७ लाख ८२ हजार रहेका छन् ।

त्यस्तै, १० करोड ८९ लाख २५ हजार बजेट प्राप्त भएको कृषि ज्ञान केन्द्र गोरखाले कूल ६ करोड ३४ लाख ७९ हजार मात्र खर्च गरेको कार्यालयले जनाएको छ । जसमा चालुतर्पm पाँच करोड ६५ लाख ५६ हजार र पूजीगत खर्च ६९ लाख २२ हजार मात्र खर्च गरेको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखामा प्राप्त कुल ५ करोड ६१ लख ६६ हजार बजेटमध्य चार करोड ५६ लाख ७४ हजार रुपैयाँ खर्च भएको कोलेनिकाका सूचना अधिकारी सुवास अधिकारीले जानकारी दिए । जसमध्य चालुखर्च ४ करोड ४२ लाख ६७ हजार र पूजीगत खर्च १४ लाख ६ हजार खर्च गरेको छ ।

डिभिजन वन कार्यालय गोरखाका लागि चालु आवमा प्राप्त कुल ५ करोड ८२ लाख ५९ हजार बजेट मध्य कुल ४ करोड ६ लाख ४५ हजार रुपैयाँ खर्च गरेको छ । चालुतर्फ ३ करोड ५ लाख ८९ हजार र पूँजीगततर्फ १ करोड ५६ हजार रुपैयाँ खर्च गरेको हो ।

गोरखा पोलिटेक्निक इन्स्टिच्युटमा प्राप्त कुल बजेट ३ करोड २७ लाख ६७ हजार रहेकामा चालु तर्फ २ करोड ७२ लाख ९६ हजार र पूजीगत खर्च ३८ लाख ७७ हजार खर्च गरेको छ । कुलखर्च ३८ लाख ७७ हजार खर्च भएको जनाएको छ ।

कुल बजेट १ करोड ७९ लाख ९ हजार रहेको बारपाक पोलिटेक्निक इष्टिच्यूट गोरखाले कुल एक करोड २५ लाख ४८ हजार खर्च भएको जनाएको छ । जसमा चालु तर्फ एक करोड ३ लाख ५२ हजार र पूजीगत खर्च २१ लाख ९६ हजार रहेको छ । कसात करोड ८२ लाख २५ हजार बजेट विनियोजन भएको स्वास्थ्य कार्यालय गोरखाले कुलखर्च ५ करोड ७७ लाख ८४ हजार खर्च गरेको छ । जसमाचालु तर्फ५ करोड २९ लाख७४ हजार र पूजीगतखर्च ९ लाख ३९ हजार रहेको छ ।

सामाजिक विकास कार्यालय गोरखामा यसबर्ष प्राप्त कुल बजेट ५ करोड ८३ लाख ६८ हजार मध्य चालु खर्च ९१ लख ३६ हजार र पूँजीगत खर्च तीन करोड २० लाख ६९ हजार खर्च भएको जनाएको छ । कुलखर्च ४ करोड १२ लाख ५ हजार खर्च भएको कार्यालयले जनाएको छ ।
गोरखा अस्पतालमा कुल बजेट ९ करोड ७५ लाख ६१ हजार बजेट प्राप्त भएकामा चालु खर्च ५ करोड २९ लाख७४ हजार र पूजीगततर्फ ८४ लाख ७ हजार गरी कुल ६ करोड १३ लाख ८१ ह्जार खर्च भएको जनाएको छ । जिल्ला समन्वय समिति गोरखाको कुल बजेट १० लाख रहेकोमा ७ लाख ८० हजार खर्च गरेको छ ।

मालपोत कार्यालय गोरखाको कुल बजेट सातलाख ५० हजार रहेकोमा सातलाख २२ हजार खर्च भएको जनाएको छ । मालपोत कार्यालय सिर्दिबासले दुई लाख विनियोजन भएकोमा एक लाख ९९ हजारमात्र खर्च गरेको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकुल बजेट एक करोड ७५ लाख १७ हजार रहेकामा कुल एक करोड २९ लाख ६५ हजार खर्च गरेको छ । जसमाचालु खर्च एक करोड १३ लाख १७हजार र पूजीगतखर्च १६ लाख ४७ हजार रहेको छ ।
कार्यालयका अनुसार प्रदेश लेखा इकाई कार्यालय, गोरखाका लागि चालुवर्ष प्राप्त कुल ३० करोड ६७ लाख ८५ हजारमध्य चालु तर्फ २५ करोड २ लाख ४७ हजार रुपैयाखर्च भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्