
घरेलु कार्यालयद्वारा मेसिनरी उपकरण वितरण
घरेल तथा साना उद्योग कार्यालय गोरखाले जिल्लाका उद्यमी तथा व्यवसायीहरुलाई मेसिनरी उपकरण वितरण गरेको छ । गोरखा सदरमुकाममा शनिबार एक कार्यक्रमका बीच जिल्लाका उद्यमी तथा व्यवसायीहरुलाई मेसिनरी उपकरण वितरण गरिएको हो ।
दलित, विपन्न तथा परम्परागत सिप भएकाहरुको व्यवसायीक विकासका लागि चालु वर्ष २०७८÷७९ को स्वीकृत वार्षिक विकास कार्यक्रम अन्तर्गत उपकरण तथा प्रविधि हस्तान्तण गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
उपकरण तथा प्रविधि हस्तान्तरण कार्यक्रममा ३५ वटा उद्यमी व्यवसायीलाई मेसिनरी औजार एवं उपकरण वितरण गरिएको कार्यालय प्रमुख सूर्य भुजेलले बताए ।
२० प्रतिशत लाभग्राही स्वयमले व्यहोर्ने र ८० प्रतिशत रकम कार्यालयले व्यहोर्ने गरी उपकरण वितरण गरिएको उनले जानकारी दिए । जसमा डिजिटल सिलाई मेसिन १६ वटा , डि फ्रिज ४ वटा, कम्बाईन मिल २ वटा, कम्बाईन चापकटर २ वटा, ठूलो फ्रिज १ वटा, पेट्रोल वेल्डिङ्ग मेसिन १ वटा, साईजर मेसिन १ वटा, स्टिल चेम्सो मेसिन १ वटा, कलर प्रिन्टर १ वटा र हस्कर मेसिन १ वटा वितरण गरेको उनले बताए । त्यस्तै, अटो ह्याण्डुलम र फलामे चर्खा १ सेट, दुई हजार लिटर क्षमताको प्लाष्टिक वाटर ट्याङ्क १ र अटोमेटिक वाटर फिल्टर २० वटा, इन्भटर र व्याट्री सेट १, सर्कुलर र राउटर १ सेट र मिनिटिलर १ थान वितरण गरिएको उनले बताए ।
कार्यालयबाट आवेदन माग गर्दा ३५ वटा निवेदन परेको बताउदै आवश्यकता र उपलब्धताको आधारमा ५६ थान मेसिन÷औजारहरु ३५ जना लाभग्राहीहरुलाई वितरण गरिएको कार्यालय प्रमुख भुजेलले जानकारी दिए ।१७ लाख ९८ हजार बराबरका मेसिनरी उपकरण वितरण गरिएको उनले बताए ।
यस्तै, कार्यालयको चालु आर्थिक वर्षमा पूँजीगत तर्पmका कूल १५ वटा मध्ये १२ वटा कार्यक्रम सम्पन्न भएको कार्यालयले जनाएको छ । चालु तर्फ कूल तीन वटा कार्यक्रम (उद्यमशीलता तालिम, सीप विकास तालिम र बजार अनुगमन) गर्ने लक्ष्य तोकिएकोमा तीन वटै कार्यक्रम सम्पन्न भै भौतिक प्रगति सत प्रतिशत रहेको उनले बताए ।
कार्यालय प्रमुख भुजेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा मनकामना सूति कपडा उद्योगका तुलसी प्रसाद देवकोटा, गोरखा उद्योग वाणिज्य संघका महासचिव प्रकाशचन्द्र श्रेष्ठ, पत्रकार महासंघ गोरखाका सचिव बिकास मरहट्टा, लगायतले मन्तव्य राखेका थिए ।




