
गोरखामा महिला र बालबालिका हराउनेको घटना बढ्दै
गोरखामा महिला र बालबालिका हराउनेको संख्या बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तीन वर्षीय तथ्याङ्कअनुसार महिला, बालबालिका हराउनेको संख्या बढेको देखाएको हो ।
२०७७ सालमा महिला, बालबालिका र जेष्ठ नागरिक गरी कुल ८१ जना हराएका थिए । उनीहरुमध्य ७२ जना फेला परेको र ९ जना फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । जसमामध्ये ४८ जना महिला हराएकोमा ४१ जना फेला परेका थिए । ७ जना महिला फेला पर्न नसकेको एसपी केदार खनालले बताए । सोहि बर्ष १९ जना बालिका हराएकामा सबै फेला परेका थिए भने ६ जना बालक हराएकोमा पाँच जना फेला परेका र एक जना फेला पार्न नसकिएको खनालले बताए । ८ जना जेष्ठ नागरिक हराएका थिए भने ७ जना फेला परेका र एक जना फेला पर्न नसकेको उनले जानकारी दिए ।
२०७८ सालमा कुल १ सय ४ जना महिला, बालबालिका तथा जेष्ठ नागरिक हराएका थिए । उनीहरु मध्ये ८९ जना फेला परेका र १५ जना फेला पर्न नसकेका खनालले बताए । उनकाअनुसार सोवर्ष महिला ७० जना हराएकामा ५५ जना फेला परेका थिए भने १५ जना फेला पर्न सकेका थिएान् । बालिका ६ जना, बालक २४ र जेष्ठ नागरिक ४ जना हराएकामा सबै जना फेला पार्न सफल भएको उनले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाकाअनुसार २०७९ जेठ मसान्तसम्मको विवरण अनुसार गोरखामा कुल एकसय २९ जना महिला, बालबालिका तथा जेष्ठ नागरिक हराएका छन् । उनीहरुमध्ये ९५ जना फेला परेका र २२ जना फेला पार्न नसकेको खनालले जानकारी दिए । बिगत तीन वर्षको तथ्यांकको तुलनामा प्रत्येक वर्ष महिला, बालबालिका तथा जेष्ठ नागरिक हराउनेको संख्या बढ्दै गएको देखिन्छ । जसअनुसार ०७९ सालमा ७० जना महिला हराएकामा ४७ जना फेला परेको र ९ जना फेला पर्न नसकेको प्रहरीले जनाएको छ । ३७ जना बालिका हराएकोमा २९ जना भेटिएका र ९ जना भने अभैmसम्म भेला पर्न नसकेको एसपी खनालले जानकारी दिए ।
त्यस्तै, १६ जना बालक हराएकामा १५ जना भेटिएको र एक जना अभैm बेपत्ता रहेको उनले बताए । ६ जना जेष्ठ नागरिक हराएकामा ४ जना फेला परेका छन भने २ जना अझै हराईरहेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
‘मानिस हरायो भनेर खोजिदिन प्रहरीलाई निवेदन आउँछ’, एसपी खनालले भने, ‘तर भेटियो भनेर खबर आउँदैन ।’ भेटिएको खबर नआउँदा हराएको संख्या धेरै र फेला पारेको संख्या कम भएको उनले बताए । अहिले मातहतका चौकीहरुलाई हराएकाहरुको बिवरण पठाएरु खोजी गर्न भनिएको उनले बताए । ‘हराएका भनिएकाहरुको बिवरण हेर्दै घरघरमा प्रहरी पुग्नेछ’, एसपी खनालले भने, ‘त्यसपछि कति हराएर फेला परे भन्ने यकिन हुन्छ ।’




