
फलोअप : दुई महिना देखि बन्द भएको बजार क्षेत्रको सिसि क्यामेरा संचालनमा
दुई महिनादेखि बन्द रहेको गोरखा बजारको सिसि क्यामरा हालै संचालनमा आएको छ । बजार क्षेत्रका विभिन्न ७५ ठाउँमा जडान गरिएकामध्ये ६४ ठाउँमा जडान गरिएका सिसि क्यामेरा बुधबारदेखि संचालनमा ल्याएको जिल्ला प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
सिसि क्यामेरा पुनसंचालनमा आएपछि जिल्लाको शान्ति सुरक्षा कायम गर्ने र घटित अपराधको अनुसन्धानमा टेवा पुग्ने विश्वास गरिएको डिएसपी लामिछानेले बताए ।
बिग्रिएका सिसि क्यामेरा आर्थिक अभावका कारण मर्मत गर्न नसकेर सेवा बन्द रहेको थियो । कुनै तीनबर्षअघिदेखि, कुनै दुईबर्षअघिदेखि र कुनै बिगत तीन महिनाअघि देखि बन्द रहेका हुन् ।
स्थानीय टोल विकास संस्थाहरु, सञ्चार माध्यमहरुले यस बिषयमा चिन्ता र चासो लिएपछि गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा सामुदायिक सेवा केन्द्रको पहलमा सिसि क्यामेरा पुनसंचालनमा आएको हो ।




