| मङ्लबार, कार्तिक २४, २०८३

पाँच जना थपिएपछि माओवादीको केन्द्रीय समितिमा गोरखाका १६ जना


नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले केन्द्रीय समितिमा गोरखाका ५ जनालाई थप गरेको छ । हालै सम्पन्न केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यमा २ जना र बैकल्पिक केन्द्रीय सदस्यमा ३ जना गरी ५ जनालाई मनोनित गरेको हो ।


आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकबाट कमला नहर्की र खोपबहादुर कँडेललाई केन्द्रीय सदस्यमा चयन गरेको र गोरखा जिल्ला संयोजक लेखबहादुर थापासहितका अन्य ३ जनालाई बैकल्पिक केन्द्रीय सदस्यमा चयन गरेको अकुर तिमिल्सिनाले जानकारी दिए ।
जिल्ला संयोजक थापा, अजीरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा र भगवती तिवारीलाई बैकल्पिक केन्द्रीय सदस्यमा चयन गरेको तिमिल्सिनाले जनाए ।


यसअघि गोरखाका ११ जना केन्द्रीय सदस्यमा मनोनित भइसकेका थिए । शीर्ष नेताहरु नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, हरि अधिकारी, कृष्ण धिताल यसअघि नै केन्द्रीय सदस्य मनोनित थिए । त्यस्तै, अमर तमु, सुशीला सिँखडा, परशुराम रम्तेल, चुडामणि खड्का, लेखनाथ न्यौपाने, पार्वती थापा र पम्फा बसेल पनि यसअघि नै केन्द्रीय सदस्यमा मनोनित भएका अकुर तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्