
लायन्स क्लव अफ गोरखाको अध्यक्षमा लक्ष्मण आचार्य
लायन्स क्लव अफ गोरखाको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विहिबार गोरखा सदरमुकाममा भएको क्लव पदस्थापन कार्यक्रममा लायन्स क्लय वर्ष २०२२÷०२३ को अध्यक्षमा लक्ष्मण आचार्य चयन भएका छन् । क्लवका निवर्तमान अध्यक्ष चन्दनबाबु खत्रीले वर्तमान अध्यक्ष लक्ष्मण आचार्यलाई पद हस्तान्तरण गरेका हन् ।
क्लवको प्रथम उपाध्यक्षमा भगवानबाबु मास्के, द्धितीय उपाध्यक्षमा सुजन कुँवर, तृतीय उपाध्यक्षमा अयोध्या जोशी, सचिवमा सरद श्रेष्ठ र कोषाध्यक्षमा गोविन्द गुरुङ चयन भएका छन् । क्लवको एडमिनीस्टे«डरमा शितलकाजी मास्के, एलसीआईएफ चेयर पर्सनमा योङ कुमार श्रेष्ठ, मेम्बरसिप चेयर पर्सनमा सन्जय अधिकारी, क्लव सर्भिस चेयर पर्सन दिपक श्रेष्ठ, क्लव मारर्केटिङ कम्युनिकेशन चेयर पर्सनमा शिवध्वज खत्री, क्लव डाइरेक्टरमा अन्जित कुमार श्रेष्ठ, र अच्युतलाल श्रेष्ठ र लियो सल्लाहाकारमा श्यामबाबु श्रेष्ठ चयन भएका छन् ।
४४ जनाको कार्यसमिति चयन भएको लायन्स अस्पताल गोरखाका कार्यालय सचिव बालकृष्ण पोखरेलले जानकारी दिए ।
लायन्स क्लव अफ गोरखाले गोरखा सदरमुकाममा आँखा अस्पताल संचालन गर्दै आएको छ । यो सँगै क्लवले जिल्लाका सबै स्थानीय तहमा आँखाको नियमित जाँच तथा शिविरहरु संचालन गर्दै आएका छन् । त्यस्तै विभिन्न समयमा बाढी पिडितहरुलाई राहहत वितरण, वृक्षरोपण, विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै आएको कार्यालय सचिव पोखरेलले जानकारी दिए ।




