
लायन्स क्लव अफ गोरखाद्धारा कारगारका कैन्दीबन्दीलाई प्युरो फिल्टर प्रदान
गोरखा कारागारका कैदीबन्दीहरुलाई स्वस्छ पानी उपभोग गर्नका लागि प्युरो फिल्टर मेसिन हस्तान्तरण गरिएको छ ।
लायन्स क्लव अफ गोरखाका निवर्तमान अध्यक्ष चन्दनबाबु खत्री र वर्तमान अध्यक्ष लक्ष्मणबाबु आचार्यले संयुक्त रुपमा शुक्रबार पानी फिल्टर गर्ने मेसिन हस्तान्तरण गरिएको हो ।
स्वच्छ खानेपानी उपभोग गर्नका लागि पानी शुद्धीकरण गर्ने प्युरो फिल्टर मेसिन हस्तान्तरण गरिएको निवर्तमान अध्यक्ष खत्रीले बताए ।
२२ हजार रुपैयाँ बरारबार सामाग्री वितरण गरिएको क्लवले जनाएको छ ।
लायन्स क्लव मार्फत एसपी केदार खनाललाई हस्तान्तरण गरिएको उक्त सामाग्री कारगारका नाइके ओम बहादुर बयलकोटीलाई जिम्मा लगाइएको हो ।




