| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका सबै स्थानीय तहमा नीति तथा कार्यक्रम सम्पन्न

अजिरकोट गाउँपालिकाले असार ५ गते गाउँ सभा सम्पन्न गरेको छ भने शहीदलखन गाउँपालिकाले ५ गते ११ औँ गाउँ सभा सम्पन्न गरेको छ । पालुङटार नगरपालिकाले ९ गते नगर सभा गरेको हो ।

गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक गाउँपालिका, गण्डकी गाउँपालिका, धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकाले शुक्रवार सभा सम्पन्न गरेका छन् । नीति कार्यक्रमसहित गाउँसभा छ गते गरेको शहीदलखन गाउँपालिकाले शुक्रबार बजेट अधिवेशन गरेको छ । शहीदलखन गाउँपालिकाले योजनागत बजेट बिनियोजन गरेको छ भने अन्य पालिकाले एकमुष्ट आय ब्याय बिवरण मात्रै सभामा पेश गरेका छन् । असारभित्र बजेट बाँडफाँट सहितको बिवरण स्थानीय तहले पेश गरिसक्नुपर्ने प्रावधान छ ।

स्थानीय सरकारले असार १० गतेभित्र बजेट, नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी ब्यवस्था भएकाले गोरखाका सबै स्थानीय तहले २०७९÷०८० का लागि सभा सम्पन्न गरेका हुन् ।
अन्तर सरकारी वित्त ब्यवस्थापन ऐन २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येकवर्ष असार महिनाको १० गतेभित्र आगामि वर्षका राजस्व र आय ब्यायको अनुमान गाउँ तथा नगरसभामा पेश गर्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्