| मङ्लबार, कार्तिक २४, २०८३

गाँजा फडानी अभियानमा सक्रिय बन्दै गोरखा प्रहरी

जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्लाका विभिन्न स्थानमा रहेका गाँजाका बोट नष्ट गरेको छ । गाँजा फँडानी अभियान अन्तर्गत प्रहरीले मंगलबार तीन हजार बोट गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी सोमदास ढकालले जानकारी दिए ।

प्राकृतिक रुपमा उम्रिएको गाँजाको बोटलाई संरक्षण गरी विभिन्न व्यक्तिहरुले लागू औषधको रुपमा प्रयोग गर्ने र बेचविखन गर्ने जस्ता व्रिmयाकलापहरु हुने गरेकाले स्थानीयहरुको सक्रियतामा प्रहरीले गाँजाको बोट नष्ट गरेको उनले जानकारी दिए ।

लागू औषध नियन्त्रण अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय मातहतमा रहेको प्रहरी टोलीले गाँजाको बोट नष्ट गरेको सूचना अधिकारी ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्