
अजिरकोटको ११ औँ गाउँ सभा हिमालको पानी बोटलिङ गर्नेदेखि ‘पेपरलेस’ सम्मका कार्यक्रम
गोरखाको अजिरकोट गाउँपालिकाले ११ औँ गाउँ सभा आईतवार सम्पन्न गरेको छ । सभाले चालु वर्ष संचालन गर्ने नीति तथा कार्यक्रम सार्वजनीक गरेको हो ।
स्थानीय तहको दोस्रो निर्वाचनबाट आएका जनप्रतिनिधिका लागि भने यो गाउँ सभा पहिलो हो ।
११ औँ गाउँसभामा अध्यक्ष दिपक देवकोटाले ‘दिगो बिकास हाम्रो सोच, सुन्दर सान्त सवृद्ध अजिरकोट’ बनाउन ‘हाम्रो अजिरकोट, राम्रो अजिरकोट’ भन्ने नीति तथा कार्यक्रम ल्याएको बताए ।

कृषि एम्बुलेन्स संचालन, कृषिको बजारिकण, रैथाने कृषि विज भण्डार, कृषि समुह र सहकारीलाई अनुदानका कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
आन्तरिक आम्दानी बढाउन यो वर्षलाई ब्यवशाय दर्ताको वर्षको रुपमा मनाईनेछ ।
हिमालबाट बगेको सुद्ध पानीलाई बोटलिङ गरेर राष्ट्रिय अन्तराष्ट्रिय बजारमा निर्यात गर्ने, जलविद्यूत आयोजनाबाट सडक, कुलो, बन क्षेत्रमा पुगेको र पुग्न सक्ने अतिक्रमण रोक्ने नीति गाउँपालिकाले लिएको छ ।
अजिरकोटमा बेरोजगारी समस्या, पूर्वाधार अभाव, बढ्दो बसाँई सराई, सार्वजनीक शिक्षाको कम गुणस्तर, निर्वाहमुखी कृषि प्रणालीलाई प्राथमिकता दिइने भएको छ ।
शहर गएकाहरुलाई गाउँ फर्कन प्रेरित गर्दै फर्कनेहरुलाई बिभिन्न सेवा सुविधामा सहुलियत दिईने, अन्तराष्ट्रिय स्तरका वृद्धआश्रम निर्माणका लागि डिपिएआर तयार गर्ने, बन्द हड्ताल निषेधित क्षेत्र घोषणा गर्ने, तीन वर्षभित्र सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गर्ने योजना




