| मङ्लबार, कार्तिक २४, २०८३

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेकपा(बहुमत)को विरोध


नेपाल कम्युष्टि पार्टी(बहुमत)ले उपभोक्ताको ढाड सेक्नेगरी गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चर्को बिरोध गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै नेकपा (बहुमत)ले मूल्यवृद्धि विरुद्ध आन्दोलनको कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।
जिल्ला संयोजक नवराज ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा गठबन्धन सरकार बनेको सातमहिनायता पेट्रोलियम पदार्थमा ११ पटक मूल्यवृद्धि भएको भन्दै विरोध गरिएको छ । साथै स्थानीय तहको निर्वाचन सम्पन्न भएयता तीन पटक मूल्यवृद्धि भइसकेको उल्लेख छ ।
‘अन्तर्राष्ट्रियस्तरमा नै पेट्रोलियम पदार्थको मूल्य बढेकाले वृद्धि गर्नुपरेको कुर्त प्रस्तुत गरेको भए तापनि अन्तर्राष्ट्रिय तेल बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भए पनि आयल निगमको तथ्यांक अनुसार पेट्रोलमा प्रतिलिटर जम्मा रु ६१.२३, डिेजलमा जम्मा ४३.९१ छ । जसमा कर, ढुवानी खर्च, गिमको प्रशासनिक खर्च, बिमा खर्च, प्राविधिक नोक्शानी, विक्रेता कमिशन जस्ता विभिन्न शीर्षक खडा गरेर बास्तविक मूल्यमा बोझ थपिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसरी विभिन्न शीर्षक बनाएर चर्को मूल्यमा उपभोक्तालाई पेट्रोलियम पदार्थ किन्न बाध्य पार्नु भनेको जनता माथि दलाल संसदीय व्यवस्थाले लुट खसोट गर्नु हो ।’
पेट्रोलियम पदार्थको मूल्य बढ्दा यातायात, ढुवानी, औद्योगिक तथा कृषि उत्पादन, स्वास्थ्य, शिक्षामा पनि स्वतः खर्च बढ्छ त्यसैले यो वृद्धिले आम जनजीवनमा नकारात्मक रुपले प्रभावित हुने गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ हाम्रो पार्टी पेट्रोलियम पदार्थमा तत्काल मूल्यवृद्धि घटाउन माग गर्दछ ।’ माग पूरा गराउन दबाबस्वरुप पार्टीले असार १ गते मसाल जुलुस र २ गते बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गर्ने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्