| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश सरकारद्वारा ३५ अर्ब ९० करोड रुपैयाँको बजेट तथा कार्यक्रम प्रस्तुत

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

प्रदेशसभामा बुधबार अर्थमन्त्री रामजी बराल ‘जीवन’ले आगामी कार्यक्रमसहित सो रकम बराबरको बजेट सार्वजनिक गरेका हुन्।

गतबर्ष चालु आवको लागि सरकारले ३० अर्बको बजेट सार्वजनिक गरेको थियो। उक्त विनियोजन मध्ये चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार अर्थात् ३६ दशमलब ९५ प्रतिशत र पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख ४६ हजार अर्थात् ६१ दशमलब ६६ प्रतिशत र वित्तिय व्यवस्थातर्फ ५० करोड अर्थात् १ दशमलब ३९ प्रतिशत रहेको छ।

स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ११ करोड १० लाख अर्थात् ५ दशमलब ८८ प्रतिशत रहेको छ। साथै आगामी आर्थिक वर्षमा १ करोड ६८ लाख ३८ हजार सञ्चित कोषमाथि व्ययभार हुने अनुमान प्रदेश सरकारको छ।

बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट वित्तीय समानीकरणबाट ७ अर्ब ९२ करोड ७९ लाख, राजश्व बाँडफाँटबाट प्राप्त ९ अर्ब २३ करोड ९९ लाख, सशर्त अनुदानतर्फ ६ अर्ब ९१ करोड ८३ लाख, समपुरक अनुदानतर्फ ८३ करोड ७० लाख, विशेष अनुदानतर्फ ८६ करोड प्राप्त हुने अनुमान छ। प्रदेशको आन्तरिक राजश्वबाट ५ अर्ब ९ करोड १६ लाख र रोयल्टी बाँडफाँडबाट ३२ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्