
गुणस्तर सुधारमा फड्को मार्दै गोरखा अस्पताल
नवनिर्मित भवनबाट सेवा सुरु गरेयता गोरखा अस्पतालको कार्यसम्पादनमा उल्लेखनीय सुधार भएको पाइएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले विभिन्न सूचकको आधारमा गरेको मूल्यांकनको सातौँ फलोअपमा गोरखा अस्पतालको स्तर विगतको भन्दा सुधार गरेको पाइएको हो ।
छ–छ महिनाको अवधिमा गरिने आवधिक फलोअप मूल्यांकनमा अस्पतालको स्तरमा सुधार हुँदै गएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । उनका अनुसार पाँचौँ फलोअपमा अस्पतालले ४० प्रतिशत अंक प्राप्त गरेको थियो भने छैठौँ फलोअपमा ४९ प्रतिशत अंक प्राप्त गरेको थियो । सातौँ फलोअप मूल्यांकनसम्म आइपुग्दा अस्पतालको स्तर वृद्धि भएर ७८ प्रतिशत पुगेको ढकालले बताए ।
स्वास्थ्य निर्देशनालयले सुशासन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, उपचार सेवा व्यवस्थापनसम्बन्धी मापदण्ड र अस्पतालबाट सञ्चालन हुने सेवा र सहयोगसम्बन्धी मापदण्डहरुलाई सूचक बनाएर प्रदेशस्तरका अस्पतालहरुको मूल्यांकन गरेको थियो । मूल्यांकनको नतिजामा गोरखा अस्पतालले सुधारोन्मुख नतिजा हाँसिल गर्दै गएको सूचना अधिकृत ढकालले जानकारी दिए ।
अस्पतालले सुशासन तथा व्यवस्थापनसम्बन्धी मापदण्डको सातौँ फलोअपमा ८३ प्रतिशत अंक प्राप्त गरेको छ । त्योभन्दा छ महिनाअघि छैठौँ फलोअपमा भन्दा सातौँ फलोअपमा अस्पतालको नतिजा १९ प्रतिशत अंकले वृद्धि भएको हो ।
त्यस्तै उपचार सेवा व्यवस्थापन सम्बन्धी मापदण्डको सातौँ फलो अपमा अस्पतालले ८० प्रतिशत अंक हाँसिल गरेको छ । अस्पतालले छैठौँ फलोअपमा ४७ प्रतिशत मात्र अंक ल्याउन सफल भएको थियो । तर छ महिनामा अस्पतालले कार्यसम्पादनमा सुधार गरी ३३ प्रतिशतले अंक बढाउन सफल भएको हो ।
त्यसैगरी अस्पतालले सञ्चालन गरेको अस्पताल सेवा र सहयोग सम्बन्धी मापदण्डको नतिजामा पनि बिगत छ महिना यता उल्लेखनीय सुधार गरेको छ । छैठौँ फलोअपमा जम्मा ४० प्रतिशत अंक ल्याउन सफल भएको अस्पतालले सातौँ फलोअपसम्म आइपुग्दा २७ प्रतिशतले सुधार गरी ६७ प्रतिशत अंक प्राप्त गर्न सफल भएको छ ।
अस्पतालले सबैभन्दा उत्कृष्ठ नतिजा विशेष क्लिनिकमा निकालेको छ । छैठौँ फलोअपमा ४९ प्रतिशत मात्र अंक दिन सकेको विशेष क्लिनिकमा सातौँ फलोअप सम्म आइपुग्दा सतप्रतिशत नतिजा दिएको छ । त्यस्तै डूेसिङ, इञ्जेक्शन तथा प्रोसिड्युर्स रुममा गरिएको परीक्षणमा पनि सतप्रतिशत नतिजा दिएको छ । यसअघि सो शीर्षकमा ८० प्रतिशत मात्र अंक पाएको थियो ।
ओपिडि सेवामा पनि अस्पतालले उल्लेख्य सुधार गरेको छ । छैठौँ फलोअपमा ६३ प्रतिशत मात्र अंक ल्याएको अस्पतालले सातौँ फलोअपमा यो शीर्षकमा ९५ प्रतिशत प्राप्त गरेको छ भने अन्तरंग सेवामा पनि अस्पतालले उल्लेख्य वृद्धि गरेको छ । छ महिनाअघिसम्म ७ प्रतिशत मात्र अंक ल्याउन सकेको अन्तरंग सेवामा वृद्धि गरी अहिले ४५ प्रतिशत अंक ल्याएको छ ।
६१ प्रतिशत मात्र अंक ल्याउन सकेको प्रसुति सेवामा अहिले ९३ प्रतिशत ल्याएको छ । छ महिनाअघिसम्म १७ प्रतिशत मात्र अंक ल्याएको शल्यक्रिया सेवामा अस्पतालले अहिले ९० प्रतिशत अंक ल्याएको छ । ६२ प्रतिशत मात्र कार्यप्रगति रहेको फिजियोथेरापी सेवामा सुधार गरी अहिले ९१ प्रतिशत नतिजा प्राप्त गरेको छ । छ
महिनाअघिसम्म ५५ प्रतिशत मात्र अंक प्राप्त गर्न सफल रहेको आकस्मिक सेवामा अस्पतालले अहिले सुधार गरी ८४ प्रतिशत अंक ल्याएको छ भने ६२ प्रतिशत अंक पाएको फार्मेसी सेवामा अहिले ८२ प्रतिशत अंक पाएको छ । प्रयोगशाला सेवा पनि अस्पतालले ५३ प्रतिशतबाट वृद्धि गरी ७८ प्रतिशत पु¥याएको छ ।
यसअघि ६० प्रतिशत अंक प्राप्त गरेको संगठनात्मक व्यवस्थापनमा गोरखा अस्पतालले अहिले सुधार गरी ९३ प्रतिशत पु¥याएको छ भने ६४ प्रतिशत मात्र अंक रहेको मेडिकल रेकर्ड र सूचना व्यवस्थापनमा नतिजा सुधारेर ८६ प्रतिशत बनाएको छ । त्यस्तै अस्पतालले पानीको आपूर्ति व्यवस्थापनमा छ महिनाअघि ७५ प्रतिशत मात्र अंक ल्याएकोमा अहिले सुधार गरी सतप्रतिशत पु¥याएको छ । आउँदा दिनमा अझै प्रगति गर्दैै अस्पतालले आठौँ फलोअपमा स्तरवृद्धि गर्दै जाने सूचना अधिकारी ढकालले जानकारी दिए ।




