
गुम्दामै बन्छ लोकल आलुको चिप्स !
धार्चे गाउँपालिका–५ गुम्दामा आलु चिप्स उद्योग संचालनमा आएको छ । गुम्दा आलु उत्पादक कृषक समूहले त्यहाँ नै उत्पादन भएका आलुलाई खपत गर्न आलु चिप्स उद्योग संचालनमा ल्याएको हो ।
एकवर्ष अगाडि संचालन गर्ने तयारी भए पनि विविध कारणले आलु चिप्स उद्योग संचालन गर्न ढिलो भएको गुम्दा आलु उत्पादक कृषक समूहका अध्यक्ष कर्ण माइला गुरुङले बताए । यहि जेठ १९ गतेबाट गुम्दामा उद्योग संचालनमा आएको छ ।
अहिले ६, ७ जना आलु चिप्स बनाउनमा खटिएको उनले बताए । उनीहरु कोही आलु धुने, कोही मेसिन चलाउने, कोही प्याकिङ गर्ने काममा लागेको उनले बताए । आलु चिप्स बनाउन करिब तीन चार महिना अघि तालिम लिइसकेको र अहिले पनि गाउँपालिका र वडाको समन्वयमा तालिम संचालन भइरहेको अध्यक्ष गुरुङले जानकारी दिए । आलु चिप्स उद्योग संचालनमा आएसँगै नौ जना भन्दा बढीले नियमित रुपमा रोजगारी पाउने उनले बताए ।
तर यो वर्ष आलु सानो फलेकाले आलु चिप्स बनाउन समस्या भएको छ । ‘यो वर्ष धेरै खडेरी भयो, फौजी किराको आक्रमणले पनि आलु सानो फलेको छ, आलु चिप्स बनाउन आलु ठूलो चाहिने रहेछ’ उनले भने । अघिल्लो वर्षको तुलनामा यो वर्ष बढी खडेरी भएको र फौजी किरा आव्र्रmमण लगायतका कारण आलु कम फलेको उनले बताए । गुम्दामा अघिल्लो वर्ष १२ हजार मुरी आलु फलेको थियो भने यो वर्ष धेरै कम फल्ने अनुमान किसानले गरेका छन् ।
वडाबाट विनियोजना भएको बजेटबाट मेसिन खरिद गरी आलु चिप्स उद्योग संचालन गरिएको हो । उद्योग संचालनका लागि २०७६÷०७७ मा पाँच लाख र ०७७÷०७८ मा दुई लाख बजेट विनियोजन भएको थियो । सो बजेटले मेसिन खरिद गरी चिप्स उद्योग संचालनमा ल्याएको कृषक समूहले जनाएको छ । कृषि समूहमा एक सय जना भन्दा बढी सदस्यरु आबद्ध रहेका छन् ।
धार्चे गाउँपालिकाको गुम्दा, लाप्राक लगायका क्षेत्रहरु आलुको पकेट क्षेत्र मानिन्छ । त्यहाँको आलु अन्यत्रको भन्दा स्वादिलो हुने किसान बताउँछन् । चिसो हावापानीमा फलेको आलु धेरै समयसम्म टिक्ने हुँदा बजारक्षेत्रमा पनि माग धेरै छ । गुम्दामा बनाइको आलु चिप्स, गोरखा जिल्ला भित्रका सबै ठाउँ विक्री वितरण गर्ने लक्ष्य राखिएको छ । त्यस्तै बाहिर जिल्लाका रुपमा तनहुँ, पोखरा, लमजुङ लगायतका जिल्लामा पु¥याइने कृषि समूहका अध्यक्ष गुरुङले जानकारी दिए । गुम्दाका आलुको कोल्डस्टोर पनि निर्माण भइरहेको छ ।




