
यी हुन् गण्डकी प्रदेश सरकारको प्राथमिकतामा परेका गोरखाका योजना
गण्डकी प्रदेश सरकारले आगामि आर्थिकवर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम सोमवार सार्वजनिक गरेको छ । प्रदेशको नीति तथा कार्यक्रममा गोरखाका केही योजनाहरु प्राथमिकतामासमेत परेका छन् ।
प्रदेश सरकारले मनकामना, बुढीगण्डकी, त्रिवेणीधाम क्षेत्रमा पूर्वाधार निर्माण गरी पर्यटन प्रर्वद्धन गर्ने नीतिलाई प्राथमिकताका साथ समेटेको छ । बूढीगण्डकी करिडोरलाई बेनिघाटदेखि लार्के भञ्ज्याङसम्म बिस्तार गर्ने कार्यक्रमलाई पनि प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।
प्रदेश सकारको लगानीमा गोरखकाली टायर उद्योगलाई पुन संचालनमा ल्याउनका लागि नेपाल सरकारसँग पहल गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । साथै यस उद्योगलाई आवश्यक कच्चा पदार्थ उत्पादनको सम्भाब्यता पहिचान गर्ने भनिएको छ ।
राष्टिूय र प्रादेशिक लोकमार्गबाट गाउँपालिकाको केन्द्र जोड्न बाँकी रहेको गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्रसम्म सडक पहुँच पु¥याउन प्राथमिकता दिने प्रदेश सरकारले कार्यक्रम सार्वजनिक गरेको छ । सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश कार्यक्रममलाई निरन्तरता दिईने, धार्चेलाई आलु पकेट क्षेत्रको रुपमा विकास गरी आलु विषेश कार्यक्रम संचालन गर्ने र उत्पादनमा किसानलाई अनुदान दिने योजना गण्डकी प्रदेश सरकारको छ ।
लिगलिगकोट गोरखा पर्यटन पदमार्ग निर्माण, गोरखा देउरालीको हटिया बूढीकोटी पदमार्ग निर्माण, जडिबुटी संम्बन्धी परम्परागत ज्ञान सिपको अभिलेखिकरण गर्दै गोरखालगायत जिल्लाको पकेट क्षेत्रमा जडिबुटी बिस्तार गर्ने योजना छ । सहकारी सँगको साझेदारीमा प्रशोधन केन्द्र गोरखामा पनि संचालन गरिने भनिएको छ ।
सहर बसाउन योग्य ठाउँमध्ये गोरखाको पालुङटारलाई ब्यवस्थित सहरको रुपमा बिकास गरिने, पालुङटारमा सिंचाईको प्रबन्ध मिलाउने, बूढीगण्डकी आयोजनाको छिटो निर्माण गर्न केन्द्र सरकारसँग आवश्यक पहल गर्ने नीति गण्डकी सरकारले लिएको प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बताए । जसमा स्वास्थ्य, शिक्षा, पर्यटनमा जोड दिइएको छ । प्रदेशबासीको स्वास्थ्यमा सुधार ल्याउन प्रदेश स्वास्थ्य नीति कार्यान्वयन गरिने, जनसंख्या व्यवस्थापन गर्न प्रदेश जनसंख्या नीति तर्जुमा गरी कार्यान्वयन गरिने पनि जनाइएको छ ।




