
मनास्लुसहित चारवटा हिमालबाट निकालियो ३४ टन फोहोर
नेपाली सेनाले सञ्चालन गरेको ‘सफा हिमाल अभियान’ अन्तर्गत गोरखाको मनास्लु हिमाल सहित विभिन्न हिमाल क्षेत्रबाट झन्डै ३४ टन फोहोर निकालेको छ । तीनवर्षे अभियानमा यसपटक सबैभन्दा बढी फोहोर संकलन गरिएको हो । यसअघि सन् २०१९ मा १० टन र सन् २०२१ मा २७.६ टन फोहोर निकालिएको थियो ।
प्रकृति तथा पर्यावरणको संरक्षण र जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले गत २२ चैतदेखि यसवर्षको सफा हिमाल अभियान सञ्चालन गरिएको थियोरु। विश्व वातावरण दिवसका अवसरमा आइतबार अभियान टोलीले प्रधानसेनापति प्रभुराम शर्मासमक्ष झन्डा फिर्ता गरी अभियानको समापन भएको घोषणा गरिएको थियो । हिमाली क्षेत्रमा देखिएको फोहोरले नेपालको पहिचान धमिल्याउने जोखिम बढ्दो छ । बहुपक्षीय महत्व बोकेको नेपालका हिमशृंखलालाई भविष्यसम्म जोगाउन सन् २०१९ देखि नेपाली सेनाले उक्त साहसिक अभियान थालेको हो।
त्यस अभियानमा नेपाली सेनाले विभिन्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसँग समन्वय र सहकार्य गरेको छ ।
यसवर्ष मनास्लु, सगरमाथा, ल्होत्से र कञ्चनजंघा हिमाल क्षेत्रमा अभियान चलाइएको थियो । ती हिमाली क्षेत्रबाट कुहिने फोहोर सात हजार दुई सय २७ किलो र नकुहिने २६ हजार ६ सय ५० किलो गरी कुल ३३ हजार आठसय ७७ किलो (३३.८ टन) फोहोर संकलन गरिएको नेपाली सेनाले जनाएको छ । टोलीले कञ्चनजंघा हिमालबाट दुई मानव अस्थिपन्जरसमेत संकलन गरेको छ ।
राष्टिूय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक तथा सफा हिमाल अभियानका निर्देशक हिमांशु खड्काले नेपाली सेनाका ३० र शेर्पा सहयोगी ४८ गरी ७८ जनाको सहभागितामा अभियान चलाइएको जानकारी दिए । संकलित फोहोरमध्ये कुहिने फोहोरलाई तत्तत् स्थानीय तहमा हस्तान्तरण गरिएको छ भने नकुहिने केही फोहोरलाई पुनः प्रशोधनका लागि सम्बन्धित संस्थालाई हस्तान्तरण गरिएको उनले जानकारी दिए । केही भने हस्तान्तरण गर्न बाँकी छ ।
अभियानको नेतृत्व गरेका सेनानी किशोर अधिकारीले प्रदूषण नियन्त्रण, जलवायु परिवर्तनका असर न्यूनीकरण, पर्यटन प्रवद्र्धन र भावी पुस्ताका लागि हिमाल संरक्षण गर्न अभियान सञ्चालन गरिएको जानकारी दिएरु। समारोहमा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले हिमाल संरक्षणका लागि नेपाली सेनाको छुट्टै गुल्म वा गणको आवश्यकता महसुस भएको बताए ।
सन् २०१९ मा सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनको नेतृत्व गरेका नापी अधिकृत खिमलाल गौतमले नेपालका हिमाल जोगाउन यो अभियान महत्वपूर्ण रहेको बताएरु। उनले वातावरणलाई प्राकृतिक रूपमा सफा राख्न हिमालको ठूलो भूमिका हुने उल्लेख गर्दै प्राकृतिक हिमाललाई अप्राकृतिक नबनाउन आग्रह गरेरु। मानिसको दिगो जीवनका लागि स्वच्छ हिमालको खाँचो रहेको औँल्याउँदै उनले बढ्दो क्रममा रहेको हिउँ पग्लने अवस्थालाई रोक्नुपर्ने आश्यकता रहेको बताए ।




