
गोरखामा जिससको निर्वाचन जेठ ३० गते हुने
जिल्ला समन्वय समिति गोरखाको निर्वाचन जेठ ३० गते हुने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आईतवार सुचना जारी गर्दै पालिकाहरुको निर्वाचन सकिएकाले अब जिल्ला समन्वय समितिको निर्वाचन गर्ने उल्लेख गरेको छ ।
मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले जेठ २२ गते मतदाता नामावली प्रकाशन, २५ गते उम्मेदवारको मनोनय पत्र दर्ता र ३० गते मतदानको तालिका सार्वजनीक गरेका हुन् ।
जिल्ला समन्वय समितिको निर्वाचनमा गोरखाको ११ वटा पालिकाका प्रमुख÷उपप्रमुख गरी २२ जना सदस्य मतदाता हुनेछन् । जिसस प्रमुख, उपप्रमुख सहित ९ सदस्यिय समितिका लागि उम्मेदवार भने नगर तथा गाउँसभाका सदस्यहरु बन्न पाउने ब्यवस्था छ ।




