
बाबुरामले भने : अस्वस्थ संघर्षले पालुङटारमा हार्यौँ, अन्यत्र माओवादीले ढाँट्यो
जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले स्थानीय तह निर्वाचन २०७९ मा गृहजिल्लामा अपेक्षा अनुसार नतिजा आउन नसकेको बताएका छन् । चुनावी समिक्षा कार्यक्रममा सहभागी हुन शनिवार गोरखा आएका उनले केही संगठनात्मक कमजोरी र गठबन्धन भित्र इमान्दारिता नहुँदा चुनावमा पराजित हुनुपरेको बताए ।
‘पार्टी भित्रको अस्वस्थ संघर्षका कारण पालुङटारमा जित्न सकेनौँ’ पत्रकार भेटघाटमा भने ‘गठबन्धन भित्र पनि इमान्दारिता भएन, एक पटक भएको निर्णय कार्यन्वयन गरेर जानुपथ्र्यो, कांग्रेसले त्यो गरेन ।’ माओवादी र कांग्रेस दुबैले जसपा सँगको गठबन्धनमा इमान्दारिता नदेखाएको उनले बताए ।
‘५,४,२ पालिका बाड्ने विषयमा कांग्रेसले वुद्धी बिगा¥यो, अन्य पालिकामा माओवादी केन्द्र सँग गठबन्धन गर्ने भनियो, उनीहरुले त ढाँटछल मात्र गरे’ भट्टराईले भने । जसपाको मतले माओवादी केन्द्रले जितेको तर जसपालाई सघाउने भनिएको ठाउँमा कहिँपनि मत नदिएको बताए । ‘यो कारण पनि हामीले अपेक्षित नतिजा प्राप्त गर्न सकेनौँ’ उनले भने ।
नेपालको निर्वाचन प्रणाली अनुसार चुनावी तालमेल र गठबन्धन आवस्यक पर्ने बताउँदै उनले बिचार, स्वभाव नमिल्ने दलहरु बिचको गठबन्धन भने ठिक नहुने बताए । ‘पटक्कै बिचार नै नमिल्ने, बिपरत दिशामा हिड्ने शक्तिहरु एक ठाउँमा आउँदा गतीहिनता र अस्तब्यस्तता आएको छ यो पुर्नबिचार गर्नुपर्छ’ उनले भने ।
गठबन्धन वा चुनावी तालमेल गर्दा बैचारिक रुपमा सापेक्षा ढंगले एकरुपता, निटक भएका शक्ति बिच भयो भने दिगो हुने उनले बताए । ‘आधारभुत नीति नै नमिल्ने शक्तिबिचको तालमेलले क्षणीक लाभ होला, सरकार त बन्छ तर काम गर्न सक्दैन’ भट्टराईले भने । दिगो लोकतान्त्रीक शक्तिहरु जसले अग्रगामी सोच राख्छन् त्यस्ता शक्ति बिच तालमेल अबको आवस्यकता रहेको उनले बताए ।
यो निर्वाचन प्रणाली बदल्ने हो भने गठबन्धन आवस्यक नपर्ने उनले बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातीक संसदीय प्रणालीमा मुलकलाई लैजानुपर्ने उनले बताए । ‘त्यो नभए सम्म अहिलेको मिश्रीत प्रणालीबाट कसैको बहुमत आउने कुरा छैन’ भट्टराईले भने ।
गोरखालाई बजेटमा उपेक्षा गरिएको प्रसंग जोड्दै उनले आफुले प्रस्ताब गरेर जिल्लाका गौरबका योजनाहरुमा कहिल्यै बजेट बिनियोजन नभएको दुखेसो गरे ।
जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष यानप्रसाद भट्टको अध्यक्षता र डाक्टर भट्टराईको प्रमुख आथित्यतामा गोरखामा चुनावी समिक्षा कार्यक्रम भएको छ । निर्वाचनपछि पहिलो पटक भएको भेलामा चुनावमा उम्मेदवार बनेकाहरु, बिजयी भएकाहरु, अगुवा कार्यकर्ताहरु लगायतको उपस्थिती थियो । स्थानीय निर्वाचनमा पार्टीले पराजय बेहोर्नुको कारणका बारेमा उम्मेदवारहरुले आफ्नो भनाई राखेका थिए ।




