| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका ११ स्थानीय तहलाई ४ अर्ब ५५ करोड बजेट विनियोजन(कुनलाई कति ?)

गोरखा जिल्लाका ११ स्थानीय तहका लागि केन्द्र सरकारले ४ अर्ब ५५ करोड ६ लाख रुपैयाँ पठाएको छ।

जसमा सबैभन्दा धेरै गोरखा नगरपालिकालाई ६३ करोड ६ लाख तथा पालुङटार नगरपालिकालाई ५७ करोड ६७ लाख रुपैयाँ छुट्याइएको छ।

त्यस्तै ९ गाउँपालिकालाई ३ अर्ब ३४ करोड ३३ लाख रुपैयाँ पठाएको छ।

जसमा अजिरकोटलाई ३० करोड २४ लाख, आरुघाटको लागि ४० करोड ४८ लाख, गण्डकीको लागि ४५ करोड रुपैयाँ केन्द्रबाट समपुरक बजेट छुट्याइएको छ।

चुमनव्री गाउँपालिकालाई सबैभन्दा कम १९ करोड ८२ करोड विनियोजन गरेको छ। त्यस्तै धार्चे गाउँपालिकालाई २७ करोढ ७४ लाख, भिमसेन थापाका लागि ३९ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

सिरानचोकलाई ४५ करोड ८७ लाख र बारपाक गाँउपालिकालाई ४० करोड ३० लाख रुपैयाँ छुट्याइएको छ।

प्रतिक्रिया दिनुहोस्