| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा माओवादीको सबैभन्दा धेरै भोट (कुन पालिकामा कति ?)

दुईलाख १८ हजार ५६३ मतदाता रहेको गोरखामा माओवादी केन्द्रले सबैभन्दा धेरै मत प्राप्त गरेको छ । ११ वटै पालिकाको प्रमुखका उम्मेद्वारहरुले प्राप्त गरेको मतसंख्या जोड्दा माओवादी केन्द्रले सबैभन्दा धेरै ५२ हजार ५६६ मत प्राप्त गरेको पुष्टि भएको हो ।
दोस्रो धेरै मत नेपाली कांग्रेसले प्राप्त गरेको छ । ११ वटै पालिकाका प्रमुखहरुले प्राप्त गरेको मत जोड्दा कांग्रेसले दोस्रो धेरै ४८ हजार ७३७ मत प्राप्त गरेको देखिएको छ । तेस्रो धेरै मत प्राप्त गरेको एमालेले जिल्लाभरबाट २० हजार ७८५ मत प्राप्त गरेको छ ।

जनता समाजवादी पार्टीले गोरखामा सात हजार चारसय २७ मत प्राप्त गरेको देखिएको छ । तर कतिपय पालिकामा प्रमुख पदमा जसपाको उम्मेद्वार नरहेकाले एकिन मतसंख्या निकाल्न सकिएको छैन । राप्रापाको विभिन्न पालिकाको प्रमुखले ल्याएको मत जोड्दा ९७६ हुन्छ । तर सबै पालिकामा प्रमुख पदमा राप्रापाको उम्मेद्वार नभएकाले पनि मत संख्या एकिन गर्न कठिन भएको छ ।

जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त तथ्यांकअनुसार गोरखा नगरपालिकामा माओवादीले आठहजार नौसय ६४ मत प्राप्त गरेको छ । त्यस्तै पालुंटार नगरपालिकामा छहजार ७२, सिरानचोक गाउँपालिकामा चारहजार १६८, अजीरकोट गाउँपालिकामा तीनहजार ७८७ र बारपाक सुलीकोट गाउँपालिकामा माओवादीले पाँचहजार ७१९ मत प्राप्त गरेको छ ।

त्यस्तै माओवादीले धार्चे गाउँपालिकामा तीनहजार ७७१, चुमनुब्रीमा एकहजार ६२४, आरुघाटमा सबैभन्दा कम ९१० मत प्राप्त गरेको थियो । भीमसेनथापामा पाँचहजार ६५१, शहीदलखन गाउँपालिकामा पाँचहजार ४७४ र गण्डकी गाउँपालिकामा माओवादीले छ हजार ३२६ मत पाएको छ ।

त्यस्तै नेपाली कांग्रेसले गोरखा नगरपालिकामा सातहजार एकसय आठ, पालुङटार नगरपालिकामा चारहजार नौसय ९९, सिरानचोकमा पाँचहजार चारसय तीन, अजीरकोटमा तीनहजार दुईसय ८९ र बारपाकसुलिकोटमा कांग्रेसले चारहजार आठसय ६४ मत प्राप्त गरेको छ । त्यस्तै कांग्रेसले धार्चेमा एकहजार नौसय ४६, चुमनुब्रीमा एकहजार तीनसय ११, आरुघाटमा पाँचहजार पाँसय ५६ मत पाएका थिए । भीमसेनथापा गाउँपालिकामा पाँचहजार १७६, शहीदलखन गाउँपालिकामा चारहजार चारसय ३२ र गण्डकी गाउँपालिकामा कांग्रेसले चारहजार छसय ५५ मत पाएको छ ।

नेकपा एमालेले गोरखा नगरपालिकामा चारहजार नौसय नौ मत पाएको थियो भने पालुंटार नगरपालिकामा ९४१ मत प्राप्त गरेको थियो । त्यस्तै सिरानचोक गाउँपालिकामा एमालेले एकहजार पाँचसय ४५, अजीरकोटमा तीनसय ५५, बारपाक सुलीकोटमा पाँचसय २२ मत पाएको छ ।

त्यस्तै धार्चेमा एमालेले एकहजार पाँचसय १४, चुमनुब्रीमा सबैभन्दा कम ७१ मत, आरुघाट गाउँपालिकामा सबैभन्दा धेरै चारहजार आठसय ३३, मत प्राप्त गरेको छ । भीमसेथापा गाउँपालिकामा आठसय १६, सहिदलखन गाउँपालिकामा चारहजार एकसय १७ र गण्डकी गाउँपालिकामा एकहजार एकसय ६२ मत प्राप्त गरेको छ ।

जनता समाजवादी पार्टीले गोरखा नगरपालिकामा उपप्रमुखमा छ हजार सातसय १८ मत पाएका थिए । माओवादी केन्द्रसित गठबन्धन गरेकाले जसपाको भोट कति भनेर पहिल्याउन कठिन छ । त्यस्तै पालुङ्टार नगरपालिकामा जसपाले पाँचहजार सातसय १७ मत पाएको छ । यहाँ पनि नेकपा एमालेसित गठबन्धन भएकाले जसपाको भोट कति भनेर पहिल्याउन कठिन भएको छ ।

सिरानचोकमा प्रमुखले ल्याएको मत ४८६, अजीरकोटमा जसपाको प्रमुख उपप्रमुखमा उम्मेद्वारै रहेनन् ।

बारपाक सुलीकोटमा दुईसय ७९, धार्चेमा दुईसय ८८, चुमनुब्रीमा प्रमुख पदमा जसपाले उम्मेद्वारी दिएन, उपप्रमुखमा ३० मत मात्र प्राप्त ग¥यो । आरुघाट गाउँपालिकामा जसपाले उपाध्यक्ष पदमा तीनसय २३ मत मात्र प्राप्त ग¥यो ।

भीमसेनथापामा ४५७, सहिद लखनमा दुईसय र गण्डकी गाउँपालिकाको उपप्रमुखमा जसपाले चारहजार ४४ मत प्राप्त ग¥यो । यहाँ माओवादी केन्द्रसित गठबन्धन गरेकाले जसपाको खाँट्टी मत पत्ता लगाउन सकिएको छैन ।

जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त तथ्यांकअनुसार दुईलाख १८ हजार ५६३ मतदाता रहेपनि हालै सम्पन्न निर्वाचनमा गोरखामा एकलाख ४५ हजार ८३१ मत मात्र खसेको थियो । तथ्यांक अनुसार ७२ हजार ७३२ मत नखसेको हो । खसेको मतमध्य पनि एकलाख ३० हजार ३९१ मत मात्र सदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्