
बुंकोटका क्यान्सर पिडित श्रेष्ठलाई ६ लाख सहयोग हस्तान्तरण
गोरखा क्षेत्र नं। १ का प्रतिनिधि सभा सदस्य हरि अधिकारी, योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्ले, जनप्रतिनिधी काशिनाथ अम्गाईँ लगायतलेले क्यान्सर पीडित पूर्ण बहादुर श्रेष्ठलाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।
उनले पीडित श्रेष्ठलाई बाँच्न सकिन्छ, क्यान्सर केही होइन भन्ने आँट मनमा लिने हो भने आधी रोग निको हुने समेत बताए ।
सहिद लखन गाउँपालिका वडा नं। ८को भेला तथा अन्तरक्रिया कार्यक्रम एवं क्यान्सर पीडित पूर्ण बहादुर श्रेष्ठलाई सहयोग हस्तान्तरण कार्यक्रममा अधिकारीले आफूले पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धतासमेत जनाए ।
क्यान्सर पीडित पूर्ण बहादुर श्रेष्ठलाई प्रमुख अतिथि अधिकारीको हातबाट ६ लाख १७ हजार रकम हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमलाई स्वागत गर्दै सहयोग अभियानका सहजीकरण गरिरहेका उत्तम कुमार श्रेष्ठले आफू वडा नं। ८ को विकासको लागि जुनसुकै रुपमा तयार रहेको बताए ।
श्रेष्ठले आफ्नो सहजीकरणमा मकाउमा रहेका अमृत बाबु श्रेष्ठले महत्वपूर्ण काम गरिररहेको बताए । त्यस्तै नेपालबाट राजु श्रेष्ठ, बासु ढकाल र समाजसेवी नवराज अम्गाईंले सहयोगी अभियानमा साथ दिएको उनले बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेले युवा जुटेर अघि बढे विकास टाढा नरहेको बताएका थिए । त्यस्तै सहिद लखन गाउँपालिका वडा नं। ८का अध्यक्ष काशिनाथ अम्गाईंले वडाको विकासको लागि आफू सदैव तयार रहेको बताए ।
कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी एवं समाजसेवी नवराज अम्गाईंले सहिद लखन गाउँपालिका वडा नं। ८ र पूर्ण गाउँपालिकाकै समृद्धिमा नयाँ सोचका साथ एकजुट भएर अगाडि बढ्ने बताए ।
योभन्दा पहिला १ लाख १७ हजार, ३ लाख २५ हजार, २ लाख ९१ हजार, १२ लाख हुँदै अहिले ६ लाख १७ हजार रकम सहयोग जुटाएर हस्तान्तरण गरिसकिएको छ ।




