
गोरखामा मत बदर हुने दर झन्झन् बढ्दै : दलित महिला सदस्यको मत ३३ प्रतिशतसम्म बदर
पाँचबर्षअघिको भन्दा यसपटकको स्थानीय चुनावमा मत बदर हुने दर बढेको छ । सबैभन्दा शिक्षित समुदायको बसोबास रहेको सदरमुकामकै मत पनि बदर हुने दर बढेको छ ।
जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त तथ्यांकको कम बदर हुनसक्ने अध्यक्ष पदको मत मात्र अध्ययन गर्दा पनि बिगतको चुनावको भन्दा यसपटकको चुनावमा बदर मतको दर बढेको देखिन्छ ।
कार्यालयको अभिलेखअनुसार २०७४ को स्थानीय तहको निर्वाचनमा गोरखा नगरपालिकामा २.२८ प्रतिशत मत बदर भएको थियो । तर यसपटक यो दर बढेर यहाँ १ं०.४३ प्रतिशत मत बदर भएको छ । ३५ हजार ३१ मतदाता रहेको यहाँ २४ हजार ४१ मत मात्र खसेको थियो । खसेको मतमध्य सबैभन्दा कम बदर भएको अध्यक्ष पदको मत दुईहजार पाँचसय आठ मत बदर भई २१ हजार ५३३ मत मात्र सदर भएको देखिन्छ । उपप्रमुख पदमा खसेको मत झन धेरै १९.६३ बदर भएको जनाइएको छ ।
दलित महिला सदस्यको मत अझै धेरै ३३.९० प्रतिशत मत बदर भएको तथ्यांकमा उल्लेख छ । वडा नं. ३ की एक दलित महिला सदस्य पदमा खसेको दुईहजार चारसय २८ मत खसेकामा आठसय २३ मत बदर भएको सो तथ्यांकमा उल्लेख छ ।
त्यस्तै अर्को ठूलो पालुङ्टार नगरपालिकामा पनि बदर मतको दर उल्लेखनीय रहेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा २.४१ मत बदर भएको यहाँ अहिले अध्यक्षको मत १६.२५ प्रतिशत मत बदर भएको कार्यालयबाट प्राप्त तथ्यांकमा उल्लेख छ । ३२ हजार पाँचसय ९६ मतदाता रहेको यहाँ २१ हजार नौसय १९ मत खसेको थियो । त्यसमध्य तीनहजार पाँचसय ६२ मत बदर भएको कार्यालयले जनाएको छ । उपप्रमुखमा खसेको मत सबैभन्दा धेरै २८.६७ मत बदर भएको छ ।
दुई नगरपालिकामा भन्दा सबैभन्दा दुर्गम चुमनुब्री र धार्चे गाउँपालिकामा बदर मतको दर कम छ ।
१० हजार ८८६ मतदाता रहेको धार्चेमा आठहजार ८३ मत खसेकोमा ६.६६ प्रतिशत मत बदर भएको छ । बिगतको तुलनामा भने यहाँ पनि बदर हुने दर बढेको छ । पाँचबर्षअघिको चुनावमा यहाँ ५.०६ प्रतिशत मत बदर भएको थियो ।
पाँचहजार एकसय दुई मतदाता रहेको चुमनुब्रीमा यसपटकको चुनावमा तीनहजार तीनसय ५७ मत मात्र खसेकोमा १०.३१ प्रतिशत मत बदर भएको छ । यहाँ अघिल्लो चुनावमा ५.८३ प्रतिशत मत बदर भएको थियो ।
पाँचबर्षअघिको चुनावमा ४.०४ प्रतिशत मात्र मत बदर भएकोमा यसपटक यो बढेर ९.४१ प्रतिशत भएको छ । १८ हजार ६७६ मतदाता रहेको यहाँ १२ हजार ५१४ मत खसेकामा एकहजार एकसय १७ मत बदर भएको थियो ।
त्यस्तै १२ हजार पाँचसय ९२ मतदाता रहेको अजीरकोट गाउँपालिकामा यो चुनावमा आठहजार एकसय ३९ मत मात्र खसेको थियो । खसेको मतमध्य ७.६२ प्रतिशत अर्थात ६२० मत बदर भएको छ । यसअघिको चुनावमा अजीरकोटमा तीनप्रतिशत मत बदर भएको थियो ।
यसअघिको चुनावमा २.६१ मत मात्र बदर भएको गण्डकी गाउँपालिकामा यसपटक ७.३२ मत बदर भएको छ । उपाध्यक्ष पदमा भने अझै धेरै २३.३४ प्रतिशत मत बदर भएको छ । १८ हजार पाँचसय ३१ मतदाता रहेको गण्डकीमा १३ हजार १९० मत खसेको थियो । खसेको मतमध्य ९६५ मत बदर भएको छ ।
१९ हजार ७२२ मतदाता रहेको भीमसेनथापा गाउँपालिकामा यो चुनावमा १२ हजार नौसय ३८ मत मात्र खसेको थियो । खसेको मतमध्य ७६८ अर्थात ५.९४ प्रतिशत बदर भएको निर्वाचन कार्यालयबाट प्राप्त तथ्यांकमा उल्लेख छ । यसअघि २०७४ सालको निर्वाचनमा सो पालिकामा २.५६ मत बदर भएको थियो ।
२०७४ सालको स्थानीय निर्वाचनमा ३.४३ प्रतिशत मत बदर भएको सहिद लखन गाउँपालिकामा यसबर्ष बढेर ७.२६ प्रतिशत भएको छ । कूल २३ हजार ६१७ मतदाता रहेको यहाँ यस निर्वाचनमा १५ हजार तीनसय ९१ मत खसेकोमा एकहजार एकसय १७ मत बदर भएको छ ।
२१ हजार ३१८ मतदाता रहेको सिरानचोक गाउँपालिकामा यसपटकको चुनावमा जम्मा १३ हजार १९९ मत मात्र खसेको थियो । जसमध्य एकहजार तीनसय ७० मत अर्थात १०.३८ प्रतिशत मत बदर भएको छ । यसअघिको चुनावमा यहाँ जम्मा ३.६६ प्रतिशत मत मात्र बदर भएको थियो । दलित महिला सदस्य पदमा सबैभन्दा धेरै २९.२७ प्रतिशतसम्म मत बदर भएको छ ।
त्यस्तै बारपाक सुलीकोट गाउँपालिकाका जम्मा २० हजार ४९२ मतदाता रहेकोमा १३ हजार ९३ मत मात्र खसेको छ । खसेको मतमध्य एकहजार चारसय ३३ अर्थात १०.९४ प्रतिशत मत बदर भएको छ । अघिल्लो चुनावमा यहाँ ३.८१ प्रतिशत मत बदर भएको थियो । दलित महिला सदस्यमा खसेको मतमध्य यहाँ सर्वाधिक ४१.७५ प्रतिशत मत बदर भएको छ ।
गोरखाको अर्को ठूलो बजार रहेको आरुघाट गाउँपालिकामा पनि बदर मतको संख्या उल्लेखनीय छ । १८ हजार ६७६ मत रहेको यहाँ १२५१४ मत खसेकामा एकहजार एकसय ७७ अर्थात ९.४१ प्रतिशत मत बदर भएको छ । यहाँ यसअघिको निर्वाचनमा ४.०४ प्रतिशत मात्र मत बदर भएको थियो । यहाँ पनि दलित महिला सदस्य पदमा खसेको मतमध्य २७.६० मत बदर भएको छ ।
सबै पालिकामा अध्यक्ष पदमा भन्दा उपाध्यक्ष पदमा मत बदर हुने दर बढि छ । ‘यो बदर र सदर मतको दर पदपिच्छे फरक फरक छ’, निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर कोइराला भन्छन्, ‘साधारणतया अघिल्लो चुनावमा भन्दा यसपटक बदर मतको दर घट्नुपर्ने हो, झन बढेको रहेछ ।’
गठबन्धनका कारण मतदान गर्न अलमलमा परेर पनि बदर मतको दर बढेको हुनसक्ने अनुमान गरिएको छ ।




