| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा प्रहरीद्वारा दुई जना फरार अभियुक्त पक्राउ

सरकारी छाप किर्ते गरेको अभियोगमा ३२ वर्षिय फिरोज खानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट ११ महिना छ दिन कैद सजाया तोकिएका गोरखा नगरपालिका २ बस्ने खानलाई प्रहरीले पक्राउ गरेको हो । अदालतको मुद्धा फैसला भएपछि खान केही समयदेखि लुकिछिपी बस्दै आएका थिए ।

यस्तै आगोलागी मुद्धामा पाँच महिना सात दिन कैद तोकिएका गोरखा नगरपालिका ६ बस्ने २७ वर्षिय भरत रानालाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रानालाई आईतवार पक्राउ गरेको हो । दुबै जना फरार अभियुक्तलाई जिल्ला अदालतबाट सजायाँ भुक्तानका लागि कारागार पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्