| मङ्लबार, कार्तिक २४, २०८३

कुनाबाट बनेका जनप्रतिनिधि उत्पीडतको मुद्दा प्राथमिकतामा

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट गोरखाका एक गाउँपालिकाको उपाध्यक्षसहित चार वटा वडाको अध्यक्ष पदमा दलित जनप्रतिनिधि निर्वाचित भएका छन् । आरुघाट, गोरखा, पालुङटार र गण्डकी गाउँपालिकाबाट उपाध्यक्षसहित चार जना वडा अध्यक्षमा निर्वाचिन भएका हुन् ।

आरुघाट गाउँपालिका ९ आरुटारकी कल्पना नेपालीले नजिकको प्रतिद्वन्द्वीलाई फराकिलो मतअन्तरले पछाडि पार्दै उपाध्यक्ष पदमा निर्वाचित भइन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदबार बनेकी उनले एमालेकी सीता दाहाललाई १,८१५ मतले पछि पार्दै ५,६३१ मतका साथ विजयी बनिन् ।

४० बर्षीया नेपाली यसअघिको कार्यकालमा पनि गाउँपालिकाको उपाध्यक्ष पदमा बहाल थिइन् । बिगत अवधिमा आरुघाटबासीलाई रिझाएको निश्कर्ष निकाल्दै पार्टीले उनलाई दोहो¥याएर टिकट दिएको थियो । पार्टीको विश्वासलाई निस्फल हुन नदिन भरपुर मिहिनेत गर्दै उनी पुन नयाँ कार्यकालका लागि उपाध्यक्ष बन्न सफल भइन् ।

दुईपटक लगातार उपाध्यक्ष बन्न सफल हुँदा उनमा हर्षको सीमा छैन । यसमा सबैभन्दा ठूलो जस उनको पार्टीलाई दिन्छिन्, जसले उनलाई दोहो¥याइकन टिकट दियो । दलित भएकाले आफूहरु पछाडि पारिएको, महिला भएकाले आफूहरुले पाइला(पाइलामा समस्या झेल्नु परेको गुनासो प्रसस्त सुनिन्छ तर कल्पनालाई त्यस्तो कत्तिपनि लाग्दैन । ‘यदि म दलित र त्यसमा पनि महिला हुन्नथेँ भने मैले यति अवसर पाउँथेँ कि पाउन्नथेँ भन्न सकिन्न’, उनको बुझाइ छ ।

दलित र महिला भएकाले मात्र दोहो¥याई(दोहो¥याई अवसर पाएको भन्ने पनि होइन । बाल्यकालदेखि पार्टीमा लागेको र युद्धकाल पनि डटेर सामना गरेको अनुभव उनमा छ । ‘अघिल्लो चरणमा जनता रिजाएछु भन्ने लागेको छ । त्यसैले पार्टीले न्याय दिएर फेरि उपाध्यक्षको टिकट दियो । जनताले जिताइदिए’, उनी भन्छिन्, ‘मेरो वडा माओवादीले जितेको वडा हो तर उपाध्यक्षमा धेरैजसोले मलाई नै भोट दिनुभएको छ ।

मसित सबै खुशी हुनुहुन्छ ।’ हँसिलो, बिनम्र र सबैसित घुलमिल हुनसक्ने आफ्नो स्वभावले सबै पार्टीको मत जित्न सकेको उनको भनाइ छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भीमोदय माविमा पढाउँदा डेरा गरेर बस्ने आरुटार टोलमा कल्पनाको घर छ । त्यो टोलमा अहिले पनि अधिकांश माओवादीमै आस्थावानहरु बस्छन् । यद्यपि त्यो हावाले उनलाई छोएन ।

२०४४ सालमा भीमोदय माविको कक्षा आठ पढ्दा उनले पहिलो पटक नेविसंघको सदस्यता लिएकी थिइन् । त्यसपछि गोरखा क्याम्पस पढ्दा पनि सोही संगठनको इकाइको सदस्यता लिइन् । २०६० साल, जतिबेला माओवादी जनयुद्ध चरमउत्कर्षमा पुगिरहेको थियो, त्यतिबेला उनले नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिइन् ।

माओवादीको उर्वर भूमिमा कांग्रेसमा टिकेर राजनीति गर्न पक्कै सहज छैन । तैपनि उनी प्रतिकूल परिस्थितिमा सहजपूर्ण यात्रा गरिरहेकी छिन् ।
उनी कांग्रेसको बाह्रौँ महाधिवेशनमा पार्टीको महाधिवेशन प्रतिनिधि बन्न सफल भइन् । दलित संघ र महिला संघको अहिलेसम्म पनि महाधिवेशन प्रतिनिधिमै बहाल छिन् । भन्छिन्, ‘राजनीति र समाजसेवा गर्न सबैभन्दा पहिले त घरमै अनुकूल वातावरण हुनुपर्दोरहेछ । त्यो वातावरण मेरो घरमा छ ।’

गाउँपालिकाको उपाध्यक्ष भएर काम गर्दा धेरै पालिकाले बनाउनु पर्ने नीति नियमहरु बनाइसकेकाले बाँकी रहेको कार्यभार यो अवधिमा पूरा गर्ने उनको भावी योजना छ ।

गोरखा नगरपालिका वडा नं १३ को वडाअध्यक्षमा मित्रकुमारी परियार निर्वाचित भइन् । यसअघिका वडाअध्यक्ष हरिबहादुर खनाललाई चार भोटले पछाडि पार्दै परियार वडाअध्यक्ष बनेकी हुन् ।
नेपाली काँग्रेसको तर्पmबाट वडाअध्यक्ष पदमा उम्मेवारी दिएकी उनले ६ सय ३२ मत प्राप्त गरी विजयी भएकी हुन् । खनालले ६ सय २८ मत प्राप्त गरेका थिए ।

जिल्ला माओवादीमय बनिरहेका बेला, दलित तथा उत्पीडित समुदाय त्यसमाथि पनि महिलाका लागि चुनाव जित्नु सगरमाथा चढ्नु जत्तिकै सकसपूर्ण थियो । तैपनि मिहिनेत, जनविश्वास र जनमतका कारण प्रतिस्पर्धीलाई पाखा लगाउन उनी सफल भइन् ।
परियारको मुख्य एजेण्डा सामाजिक न्याय हो । अर्थात समुदायमा जबर्जस्त पछाडि पारिएका समुदायलाई न्याय दिलाउनु र उत्पीडित महिलाहरुको पक्षमा काम गर्ने उनको प्राथमिकतामा छ । जातीय, लैंगिक तथा बर्गीय विभेद न्यूनीकरण गर्न र सुशासन स्थापित गर्न सव्रिmय भएर लाग्ने उनको मुराद छ ।

महिलामा पुरुषमा जत्तिको काम गर्न सक्ने क्षमता हुन्न कि भन्ने कतिपय मतदातामा शंका थियो । उनलाई लाग्छ, यो शंका देशव्यापी छ । त्यसैले महिला जनप्रतिनिधिले उदाहरणीय काम गरेर देखाउने बेला आएको छ । उनी यसअघि गोरखा नगरपालिकाको कार्यपालिका सदस्य थिइन् । मानव अधिकार तथा शान्ति समाजलगायत विभिन्न संघसंस्था, सहकारी संस्थाको अध्यक्ष भएर काम गरिसकेको अनुभव भएकाले पनि वडा अध्यक्ष भएर काम गर्न सहज हुने उनको विश्वास छ ।

विकास निर्माण कार्यहरुमा बजेटको सही सदुपयोग हुन नसकेको बताउदै उनले सुशान कायम गरी योजना निर्माण र कार्यान्वयनमा जोड दिने बताइन् । बेरोजगारको अन्त्य गर्न सीप मुलक तालिम संचालन गर्नुका साथै अनुदानका कार्यक्रमहरु ल्याइने अध्यक्ष परियारले बताइन् । आर्थिक अवस्था कमजोर, पिछडिएका दलित, अल्पसंख्या लगायतका बालबालिकाहरुलाई छात्रवृद्धि उपलब्ध गराइने र सामाजिक विभेद अन्त्य गर्न जनस्तरमा विभिन्न चेतमुलक कार्यक्रम संचालन गरिने उनले जानकारी दिइन् ।

अर्का वडा अध्यक्ष हुन्, गण्डकी गाउँपालिका वडा नं ५ का पहलमान बयलकोटी । माओवावदी केन्द्रमा आवद्ध उनी सर्वाधिक ११ सय ९ मत ल्याई वडा अध्यक्ष पदमा निर्वाचित बने । उनका नितकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका हेमराज घिमिरेले ३ सय ८४ मत प्राप्त गरे । सामुहिक प्रयास र एकताबाट नै वडा अध्यक्ष पदमा विजयी भएको बुझाइ उनको छ ।

आफ्नो वडामा शिक्षा क्षेत्रमा सुधार गर्ने, कृषिमा आत्मनिर्भर बनाउने र स्वास्थ्य सेवालाई सामान्य नागरिकको पँहुचसम्म पु¥याउने गरी काम गर्ने धोको उनमा छ । राज्यबाट पिछडिएका दलित समुदायलाई समाजमा सम्मानका साथ स्थापित गराउन पहल गर्ने र सोही अनुसार योजनाहरु बनाउने लक्ष्य उनमा छ ।

पालुङ्टार नगरपालिकामा वडा नं १ र ८ मा कृष्ण परियार र होपबहादुर नेपाली वडा अध्यक्षमा निर्वाचित भए । उनीहरु दुवै जनता समाजवादी पार्टीमा आबद्ध छन् । खोप्लाङको दलित समुदायबाट माथि उठेका परियारले छसय ४८ मत प्राप्त गरी विजयी भए । उनीसँग नेपाली काँग्रेसका रेशमबहादुर थापा ५ सय ८ मतले पराजित हुन पुगे । यसअघि वडामैत्री काम गरेकाले उनलाई त्यहाँका बासिन्दाले दोस्रो कार्यकालयका लागि पुन निर्वाचित गरेका हुन् ।

परियारले आगामि पाँच वर्षे कार्यकालमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र खानेपानीमा जोड दिने बताए । शैक्षिक क्षेत्रमा सुधार गर्दे गुणस्तरीय शिक्षा उपलब्ध गराउने, मुख्य सडकको स्तरउन्नती गर्ने, विद्युतका पोललाई व्यवस्थापन गर्ने स्वास्थ्य क्षेत्रमा प्राथमिकता साथ बजेट विनियोजन गर्ने र खानेपानीलाई थप व्यवस्थित बनाउदै न्यूनतम शुल्कमा खानेपानी वितरण गर्ने उनले बताए । आफ्नो वडाभित्रका पर्यटकीय गन्तव्य पहिचान गर्दै तातोपानी, अन्नपूर्ण मन्दिर, काजी कालु पाण्डे स्मृति पार्कलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना रहेका उनले बताए । जनताको इच्छा, आकांक्षा धेरै रहेकाले उनीहरुको आवश्यकता पूरा गर्न निरन्तर लाग्ने उनले प्रतिबद्धता जनाए ।

पानपा ८ मा जसपाको तर्पmबाट ६ सय ६२ मत प्राप्त गरी होपबहादुर नेपाली वडा अध्यक्ष पदमा निर्वाचित बने । उनीसँग पराजित भएका नेकपा माओवादीका अर्जुनबहादुर खड्काले ३ सय ९५ मत प्राप्त गरेका थिए ।

२०७४ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्रको तर्पmबाट वडा अध्यक्षमा उठेका उनी एकसय २९ मत प्राप्त गरी पराजित भएका थिए । त्यस पछि नयाँ शक्ति हुदै जसपामा आवद्ध भएका उनी गत ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट पहिलोपटक वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

चुनाव हारे पनि २५ बर्षदेखि निरन्तर जनतासँग नै बढी घुलमिल भइरहेको र उनीहरुको सुख, दुखमा काम गरेकोले अरुकोभन्दा दोब्बर बढि मतले विजयी भएको उनको तर्क छ ।

वडामा आएका बजेटहरु स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका योजनाहरुमा समान रुपमा बाँडफाँट गरी प्रभावकारी रुपमा कार्यान्वय गर्ने उनले प्रतिबद्धता जनाए । आफ्ना दलित समुदायको निम्ति पनि काम गर्ने बताउदै वडा अध्यक्ष पदमा निर्वाचित भएसँगै जातीय राजनीति भन्दा माथि उठेर समग्र सबै जातजाति, लिङ्ग, वर्गको हकहितको पक्षमा काम गर्ने उनले बताए ।

जनताको अमूल्य मतले वडा अध्यक्ष पदमा विजयी भएको बताउदै सबै मतदाताहरुलाई धन्यवाद समेत दिए ।

प्रतिक्रिया दिनुहोस्