| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका जनप्रतिनिधिले शपथ लिए

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले शपथ लिएका छन् ।

मुख्य निर्वाचन अधिृकत दिनबन्धु बरालले निर्वाचित जनप्रतिनिधिहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

चुमनुब्री गाउँपालिका बाहेक जिल्लाका सबै स्थानीय तहका प्रमुख शपथ ग्रहण कार्यक्रममा सहभागिता रहेका थिए ।

स्थानीय सत्ताको बागडोर सम्हाल्ने जिम्मेवारीमा आइपुगेका नवनिर्वाचित जनप्रतिनिधिहरुले जनतालाई गाउँ सरकारको अनुभूति हुने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत बरालले जनताको चाहना र भावनालाई शिरोपर गर्दै काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे । साथै उनले नवनिर्वाचित सबै जनप्रतिनिधिलाई कार्यकाल सफलताको शुभकामना दिए ।

त्यस्तै, उपप्रमुखरउपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र अन्य सदस्यले पनि पालिकामा खटिएका निर्वाचन अधिकृतबाट संयुक्तरुपमा शपथ लिएको मुख्य निर्वाचन अधिकृत बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्