
पालुङटारमा हार्ने र जित्ने बिजयी उत्सवमा सँगसँगै
गोरखाको पालुङटार नगरपालिकामा हार्ने र जित्ने उम्मेदवार सँगसँगै बिजयी ¥यालीमा सहभागी भएका छन् । माओवादी केन्द्रबाट मेयर, उपमेयरमा बिजयी बिवस चिन्तन र बन्दना पाण्डेसँगै मेयरमा पराजित कांग्रेसका दिपकबाबु कंडेल बिजयी ¥यालीमा सहभागी भएका हुन् ।
बिजयी मेयर उपमेयरको बिचमा सँगसँगै अविर खादा लगाएर मतदातालाई हात हल्लाउँदै पूर्व मेयर समेत रहेका कंडेलले बजार परिक्रमा गरे । ‘चुनाव एउटा प्रक्रिया हो, जसले जितेपनि समृद्ध पालुङटार र सम्मानीत पालुङटारबासी’ बनाउने प्रक्रियामा सँधै हामी सँगै छौँ’ उनले भने ।
२०७४ को स्थानीय निर्वाचनमा मेयरमा बिजयी कंडेल यस पटक तेस्रो हुनुप¥यो । मेयर बिजयी बिवस चिन्तनले छ हजार ७२ मत ल्याए भने दोस्रो हुने जनता समाजवादी पार्टीका उम्मेदवार प्रेम गुरुङले पाँच हजार सात सय १७ मत प्राप्त गरे । कांग्रेसका कंडेलले चार हजार नौ सय ९७ मत प्राप्त गरे ।




