| मङ्लबार, कार्तिक २४, २०८३

आफ्नै भोट पनि हराएपछि स्वतन्त्र उम्मेदवार तनाबमा

आफैँले हालेको भोट पनि मतगणनामा नभेटिएपछि गोरखामा एक उम्मेदवारलाई तनाब भएको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष पदका उम्मेदवार नवराज ढकालले आफुले आफैँलाई हालेको भोट हराएको दावी गरेका हुन् ।

‘म चुनावी प्रतिस्पर्धामा थिएँ, मैले मेरो भोट हालेको छु, तर गणनामा मेरो मत ० देखाइएको छ’, उनले भने ‘मेरो मत खोज्न अब अदालत जानेछु ।’ आफुले आफैँलाई मत जाहेर नगरेको विषयमा सामाजिक सञ्जालहरुमा आपूmमाथि नैतिक प्रश्न उठेपछि निर्वाचन अधिकृतसँग जानकारी लिन खोज्दा मत नै नआएको जवाफ आएको उनले बताए ।

No description available.

‘मैले आपूmलाई मत जाहेर गरेको छु, बदर पनि भएको छैन, कसरी मेरो मत हरायो’, ढकालले भने ‘निर्वाचन कार्यालयले आफ्नो मतको बेवास्ता गरेर गणना गरेन ।’ उनले पुन मत गणना गर्नुपर्ने नत्र आपूm अदालत जाने ढकालले बताएका छन् । ‘मतगणना कसरी हुने रहेछ, मतगणना गर्दा निर्वाचनका कर्मचारीले कुन हदसम्म लापार्बाही गर्दा रहेछन् भन्ने यो घटनाले पुष्टि गरेको छ’, उनले भने ।

निर्वाचन अधिकृतको कार्यालयले भने कुनै त्रुटी नभएको दावी गरेको छ । गणना गर्दा सबै दलको प्रतिनिधि बसेर गणना गरेको, सबै बिवरण प्रष्ट रहेकाले कुनै त्रुटी नभएको भीमसेन थापा गाउँपालिकाका निर्वाचन अधिकृत खिमानन्द गौतमले बताए ।

‘उहाँलाई चित्त नबुझेमा उच्च अदालत जान सक्नुहुन्छ’, उनले भने । उम्मेदवार ढकाल मत गणनामा नगएको, आफ्नो प्रतिनिधि पनि नराखेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्