
पालुङटारमा गठबन्धनका उम्मदेवारलाई पराजित गर्दै मेयर र उपमेयरमा माओवादी केन्द्र विजयी
पालुङटार नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा माओवादी केन्द्रले जीत हाँसिल गरेको छ ।
माओवादी केन्द्रकातर्फबाट मेयर पदका उम्मेदवार विवश चिन्तन (अजय)ले ६ हजार ७२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका मेयर पदका उम्मेदवार प्रेम गुरुङले ५ हजार ७ सय १७ मत प्राप्त गरेका थिए ।
माओवादीका मेयरका उम्मेदवार चिन्तनसँग गठबन्धनका उम्मेदवार गुरुङ ३ सय ५५ मतले पराजित भएका हुन् ।
पालुङटारमा जनता समाजवादी पार्टी र नेकपा एमालेका बीच चुनावी गठबन्धन भएको थियो ।
नेपाली कांग्रेसका उम्मेदवार दिपकबाबु कँडेलले ४ हजार ९ सय ९७ मत प्राप्त गरे । उनी पालुङटार नगरपालिकाका निवर्तमान मेयर हुन् ।
त्यस्तै, उपमेयरमा पनि माओवादी केन्द्रकी वन्दना पाण्डे विजयी भएकी छिन् ।
उनले ५ हजार ५७९ मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिस्पद्र्धी कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५ हजार ७७ मत पाएकी छन् ।
गठबन्धनकी उम्मेदवार एमालेकी पार्वतीदेवी पाठक भने ४ हजार २८१ मतका साथ तेस्रो भइन् ।




