| मङ्लबार, कार्तिक २४, २०८३

धार्चे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

गोरखाको धार्चे गाउँपालिकामा माओवादी केन्द्र बिजयी बनेको छ ।

अध्यक्षमा लक्ष्मण गुरुङ र उपाध्यक्षमा सुनिला गुरुङ विजयी भएकी हुन् ।


अध्यक्ष गुरुङले ३७ सय ७१ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तोष गुरुङले १९ सय ४६ मत प्राप्त गरे ।

उपाध्यक्षमा माओवादी केन्द्र विजयी हासिल गरेको छ । उपाध्यक्ष विजयी सुनिला गुरुङले ३७ सय ७९ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेस फुलमाया गुरुङले १९ सय ७६ मत ल्याए ।


७ वटा वडा रहेको धार्चेमा एमालेले २ माओवादीले ५ वडामा माओवादीले जितेको छ । वडा नं ३ र ६ एमालेले जितेको हो भने १, २, ४, ५ र ७ वडा माओवादीले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्