| मङ्लबार, कार्तिक २४, २०८३

आज देखि गोरखामा १९ औँ सवालाख रोट महोत्सव सुरु (फोटो फिचर)

आज देखि गोरखामा १९ औँ सवालाख रोट महोत्सव सुरु भएको छ । गोरखनाथ गुफामा सिद्धाश्रम शक्ति केन्द्रको आयोजनामा १९ औँ रोट महोत्सव सुरु भएको केन्द्रका केन्द्रिय अध्यक्ष रामजी अर्यालले बताए ।

No description available.

रोट महोत्सवको पहिलो दिन बाजागाजा सहित गोरखा बजारबाट गोरखनाथ मन्दिर सम्म रथयात्रा गरिएको छ । उक्त ¥यालीमा सदगुरुदेवहरुको रथ सहित बाजा, कलश, एक आठ कन्याहरु, नाथयोगीहरु सहित स्थानीयहरु प्लेकार्ड र व्यानर बोकेर सहभागिता भएका थिए ।

No description available.

राजा पृथ्वी नारायण शाहका गुरु गोरखनाथ प्रकट भएको दिनको रुपमा हरेक वर्ष सिद्धाश्रम शक्ति केन्द्रले बैशाख पूर्णीमादेखि ११ दिन सम्म रोट महोत्सव गरेर रोट अपर्ण गर्दै आएको छ । गोरखा दरवारमा चल्ने रोट महोत्सव बिगत दुई वर्ष कोरोनाका कारण खासै उल्लासमय हुन सकेन । दुई वर्ष सम्म नित्य पुजा अन्र्तगत रोट चढाइएको थियो । अहिले भने कोरोनाको त्रास कम भएकाले भक्तजनको उल्लेख्य उपस्थिती रहने केन्द्रका अध्यक्ष अर्यालले बताए ।

No description available.

१७ औँ र १८ औँ रोट महोत्सवमा भक्तजनले रोट चढाउन पाएनन । कोभिडका बेला गोरखाका स्थानीयको सहयोगमा रोट महोत्सव सफल भएको थियो । ‘अब पनि रोट महोत्सव सफल बनाउन हामीलाई सबैको साथ सहयोग चाहिएको छ’ अध्यक्ष अर्यालले भने । यो पटक २० देखि २५ हजार भक्तजन रोट महोत्सवमा सहभागी हुने अपेक्षा आयोजकको छ । महोत्सव गर्न लाग्ने खर्च हरेक वर्ष शक्ति केन्द्र, साधक, साधिक, भक्तजन र स्थानीय समाजसेवी, संघ संस्थाबाट स्वेच्छिक रुपमा जुटाईने केन्द्रले जनाएको छ ।

No description available.


गोरखनाथ र गोरखकाली मन्दिर परिसरमा भजन, कृतन, पुजापाठ गरेर सयौँ भक्तजनको उपस्थितीमा रोट महोत्सव हुने सिद्धाश्रम शक्ति केन्द्र सम्पर्क कार्यालय गोरखाका संयोजक किशोरकुमार अकेलाले बताए ।

No description available.


रोट महोत्सवले गोरखाको धार्मीक पर्यटनको बिकासमा पनि मद्धत पुग्ने उनले बताए ।

No description available.

रोट महोत्सवमा आउने भक्तजनलाई सिद्धाश्रम शक्ति केन्द्रले खान बस्न निशुल्क ब्यवस्था समेत गरेको छ । देशका बिभिन्न ठाउँबाट भक्तजनहरु गोरखा आउने अपेक्षा गरिएको केन्द्रकी साधिका विन्देश्वरी बरालले बताईन ।

No description available.

गोरखनाथलाई सबैभन्दा बढि मनपर्ने भएकाले रोट चढाएर खुसी बनाउन सकेमा कुनै संकट आई नपर्ने धार्मीक मान्यता छ ।
रोट महोत्सवको सबै दिन नियमित पुजाको साथै गोरखा दरवार परिसरमा भजन कृतनको कार्यक्रम पनि संचालन गरिने शक्ति केन्द्रको सम्पर्क कार्यालय गोरखाका नबिन श्रेष्ठले बताए ।

No description available.

गहुँ, जौ र धेरैजसो चामलको पिठो रोट बनाउन प्रयोग गरिन्छ । बिभिन्न ५२ थरीका शक्तिबर्दका मसला मिसाएर रोट बनाईन्छ । रोटमा जाईफल, काजु, ल्वाङ, सुकुमेल, दाख, चिनी, खुदो, नरिबल जस्ता किसमिस मिसाईन्छ । नाथहरु शुद्ध भई पिठोमा किसमिस मिसाएर रोटलाई स–सना गोलीबनाउँदै घ्यू मापोल्ने गर्छन ।

प्रतिक्रिया दिनुहोस्