
गोरखाका ९४ वडामध्य ३७ वडाको नतिजा सार्वजनिक
गोरखामा अहिले सम्म ३७ वटा वडाको मत परिणाम आएको छ । जसमध्य नेकपा माओवादी केन्द्रले १७ वटा वडा जितेको छ ।
नेपाली कांग्रेसले १२ वटा वडामा बिजयी हाँसिल गरेको छ भने एमाले ७ र जनता समाजवादी पार्टी एउटा वडामा बिजयी भएको छ ।
माओवादी केन्द्रले गोरखा नगरपालिका ४, पालुङटार नगरपालिका २, १०, अजिरकोट गाउँपालिका १, २, ३, धार्चे १, २ भीमसेनथापा १, शहीदलखन २, ४ र ५, गण्डकी गाउँपालिका १ र २ बारपाक सुलिकोट २ र ४ जितेको छ । चुमनुब्री ६ मा माओवादी केन्द्रबाट वडा अध्यक्ष सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै नेपाली कांग्रेसले गोरखा नगरपालिका १ र २, भिमसेन थापा गाउँपालिका २ र ३, सिरानचोक गाउँपालिका १, बारपाक सुलिकोट गाउँपालिका १, ३ आरुघाट गाउँपालिका १, २, ३ र सहिदलखन ३ र अजीरकोट ४ मा बिजयी भएको छ ।
नेकपा एमालेले आरुघाट गाउँपालिका ४, ५ र ६ गोरखा नगरपालिका ३ र ५, शहीदलखन गाउँपालिका १ र धार्चे ३ मा बिजयी हाँसिल गरेको छ ।
जनता समाजवादी पार्टीले संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईको गृहवडा पालुङटार नगरपालिका १ मा बिजयी हाँसिल गरेको छ ।




