
गोरखामा २९ वटा वडाको नतिजा सार्वजनीक
गोरखामा अहिले सम्म २९ वटा वडाको मत परिणाम आएको छ । नेकपा माओवादी केन्द्रले १५ वटा वडा जितेको छ । नेपाली कांग्रेसले १० वटा वडामा बिजयी हाँसिल गरेको छ भने एमाले ३ र जनता समाजवादी पार्टी एउटा वडामा बिजयी भएको छ ।
माओवादी केन्द्रले गोरखा नगरपालिका ४, पालुङटार नगरपालिका २, १०, अजिरकोट गाउँपालिका १,२,३, धार्चे १,२, भिमसेन १, शहीदलखन २, ४, गण्डकी गाउँपालिका १,२ बारपाक सुलिकोट २ जितेको छ । चुमनुब्री ६मा माओवादी केन्द्रबाट वडा अध्यक्ष सर्वसम्मत चयन भएका छन् ।
यस्तै नेपाली कांग्रेस गोरखा नगरपालिका १,२, भिमसेन थापा गाउँपालिका २,३, सिरानचोक गाउँपालिका १, बारपाक सुलिकोट गाउँपालिका १,३ आरुघाट गाउँपालिका १,२,३ मा बिजयी भएको छ ।
नेकपा एमालेले आरुघाट गाउँपालिका ४, गोरखा नगरपालिका ३, शहीदलखन गाउँपालिका १ मा बिजयी हाँसिल गरेको छ ।
जनता समाजवादी पार्टीले संघिय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईको गृहवडा पालुङटार नगरपालिका १ मा बिजयी हाँसिल गरेको छ ।




