
अस्पतालले भनेजस्तो सेवा नदिँदा बिमा दर्ता सहयोगी समस्यामा
अश्विन दानी । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई हरेक जनताको घरघरमा पु¥याउने बतायो । कार्यक्रमलाई घरघर पु¥याउन बीमा कर्ताहरु छनोट पनि ग¥यो । उनीहरुले घर(घर पुगेर बीमा गराउने काम पनि गरिरहेकै छन् । उनीहरुले बीमा गराउँदा स्थानीयलाई विभिन्न प्रकारका उपचारहरु, औषधीहरु यहि बिमाको रकमबाट हुने जानकारी पनि गराएकै छन् । सरकारले पनि २५ सय रुपैँयाले एकपरिवारको पाँच जनाको बिमा हुने र उनीहरु बिरामी भइहाले एक वर्षमा प्रति ब्यक्ति ५० हजार रुपैँया बराबरको उपचार निशूल्क गर्ने बतायो । तर, यहाँ सरकारले घोषणा गरे अनुुसारको सेवा नपाएकै कारणले न सेवाग्राही खुसी छन् न बिमा गराउने सहयोगीहरु ।
‘बिमितहरुले बर्षको २५ सय रुपैँया तँपाईलाई बुझउँछौँ तर पाँच रुपैँयाको पनि उपचार पाउँदैनौ भन्दै मलाई गालि गर्छन्’ गण्डकी गाउँपालिका ५ की बिमा दर्ता सहयोगी कौशिला पन्त भन्छिन् ‘पहिले त बिमा गराईदेन भन्दै मान्छेहरु आउँथे । अहिले त एकजना पनि गर्न मान्दैनन्, बिमा गर्नुस भन्यो भने के पाईन्छ छ गरेर भन्दै झर्किन्छन् ।’ सुरुमा स्वास्थ्य बीमाले जुन फाईदा हुन्छ भनेर भनिएको थियो त्यस्तो नभएको भन्दै स्थानीयहरुले बीमा गराउन नमानेको गुनासो गरिनन् । सेवा केन्द्रहरुले बिमाको नियममा उल्लेखित सेवा सुबिधा दिन आलटाल गर्नाले बिमा गर्नेको संङ्ख्या घट्दै गएकोे गोरखा नगरपालिका ६ की दर्ता सहयोगी टिकाकुमारी श्रेष्ठको भोगाई छ । जति धेरै मान्छेलाई बीमा गराउन सक्यो सोही अनुसार सेवा सुविधा पाउने शर्तमा काम गरेका बिमा दर्ता सहयोगीहरु अहिले आजित भएका छन् । ‘नयाँ बिमा गर्न त के अब त रिन्यू गर्न पनि मान्दैनन्’ गोरखा नगरपालिका क्षेत्रमा बीमा दर्ता गराउँदै आएकी टिकाकुमारी श्रेष्ठ भन्छिन् ‘अस्पतालले बिमितलाई दिनुपर्ने सबै सेवा दिँदैनन् । त्यसैले अहिले मान्छेहरु बिमा गर्नै छाडी सके ।’ गोरखामा आँपपिपल अस्पताल, आरुघाट प्राथमिक स्वास्थ्य केन्द्र, गोरखा अस्पताल, जौबारी स्वास्थ्य केन्द्र र मकैसिङ गरी पाँच स्वास्थ्य संस्थाबाट बिमा सेवा प्रदान गर्ने बताइएको छ । बिमा ऐन अनुसार स्वीकृत अस्पतालहरुले बिमितहरु लाई ५० हजार रुपैँया बराबरको एक हजार एकसय १८ प्रकारका औषधी बितरण गर्नुपर्ने भएपनि सरदरमा पाँचसय प्रकारका मात्र औषधीहरु वितरण हुँदै आइरहेका छन् । बिमा वोर्डबाट रकम भुक्तानीमा ढिला सुस्ती गर्ने गरेकाले समयमै औषधी आपूर्ती गर्न नसकेको आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रको आरोप छ । ‘स्वास्थ्य केन्द्रको कमजोरीले गर्दा सबै औषधीहरु बितरण गर्न नसकेको हैन्’ आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी हरिकुमार श्रेष्ठ भन्छन् ‘कतिपय औषधीहरु बजारमा पाइँदैन् । अनि बिमा वोर्डले पनि पैसा भुक्तानी गर्न दुई÷तीन महिना लगाईदिन्छन् । त्यसैले बिमितहरुलाई उल्लेखित सबै सेवा दिन सकिएको छैन् ।’
आँपपिपल अस्पताल मार्फत अहिले स्वास्थ्य बिमा अन्तरगतका लगभग सात सय प्रकारका औषधीहरु उपलब्ध गराउने गरेको सोही अस्पतालका डाक्टर दिनेश शर्माले जानकारी दिए । ‘यहाँबाट सोमबारसम्मको तथ्यांक हेर्दा बिमा अन्तरगत पाँच हजार पाँच सय जनाले स्वास्थ्य सेवा लिईसक्नु भएको छ’ शर्मा भन्छन् ‘हामीले उपलब्ध गराउनुपर्ने औषधीका प्रकारहरु बिस्तारै थप्दै छौँ ।’ स्वास्थ्य बिमा लागु भएपछि बिरामीहरुको आउजाउ बढ्दो देखिएको जौवारी प्राथमिक स्वास्थ्य केन्द्रकी डाक्टर सुजाता नगरकोटी बताउँछिन् । ‘हामीले बिमा अन्तरगतका एक सयभन्दा बढि औषधीहरु बितरण गर्ने गरिरहेका छौँ’ उनी भन्छिन् ‘बिमा दर्ता हुनुभन्दा पहिले अजिरकोटबाट बिरामीहरु स्वास्थ्य केन्द्रमा बिरलै देखिन्थेँ तर आजभोली दैनीक छ सात जना त्यहाँबाट पनि आईरहन्छन् । औसतमा हेर्दा दैनीक २०÷३० जना बिरामीहरु सेवा लिन स्वास्थ्य केन्द्र आउने गर्छन् ।’ हालसम्म स्वास्थ्य बिमा अन्तरगत जौवारीबाट सात सय २५ जनाले सेवा लिएको उनले बताईन् ।
जिल्ला अस्पताल गोरखाबाट स्वास्थ्य बिमा अन्तरगतका जम्मा दुई सय दुई प्रकारका औषधीहरु बितरण गर्ने गरेको जिल्ला अस्पताल गोरखाका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । ‘हामीले बिमा अन्तरगतका औषधीहरु क्रमश बढाउँदै लगेका छौँ’ ढकाल भन्छन् ‘बिमा लागु भएदेखि अस्पतालमा बिरामीहरुको चाप थपिँदै गएका छन् । बिरामीलाई सेवा प्रदान गर्नका लागि अस्पताल टिम सधैँ लागिरहेकै छौँ । यहाँ पर्याप्त नभएका औषधीहरु पनि हामीले बढाउँदै लाने प्रक्रियामा छौँ ।’ हालसम्म जिल्ला अस्पताल गोरखाबाट करिब चार हजार बिरामीहरुले स्वास्थ्य बिमाबाट सेवा लिएको ढकालको भनाई छ । नेपाल सरकार स्वास्थ्य बिमा वोर्ड गोरखाकाकोे तथ्यांक अनुसार अहिलेसम्म गोरखाबाट २१ हजार चारसय ११ घर परिवारले शुल्क तिरेर स्वास्थ्य बिमा गरेका छन् । त्यस्तै न्यून आर्थीकस्तर भएका तीन सय ५० घर परिवारले निशुल्क स्वास्थ्य बिमा गराइएको बताइएको छ ।‘स्वास्थ्य बिमा मार्फत सरकारले जनताहरुलाई सर्वशुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्य हो’ स्वास्थय बिमा वोर्ड गोरखाका प्रमुख रामकुमार श्रेष्ठले भने ‘स्वास्थ्य केन्द्रहरुले विविध कारण सबैखाले सेवा सुविधा उपलब्ध गराउन सकेका छैनन् । हामी त्यसलाई सुधार गर्दैछौँ ।’




