
परिवार दलका अध्यक्ष ढकालले गोरखाको भिमसेन ८ मा गरे मतदान
नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले गोरखाजिल्लाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ स्थित जागेश्वर उच्च माबिको मतदान केन्द्रमा मतदान गरेका छन् ।
उनले उक्त विद्यालयका केन्द्र क मा मतदान गरेका हुन् । मतदान गर्दै उनले स्थानीय तहको निर्बाचनले लोकतन्त्रलाई बलियो बनाउनुको साथै विकास निर्माणले तिब्रता पाउनेमा आशाबादी रहेको बताए ।
साथै उनले निर्बाचन महँगो र अस्वस्थ प्रतिस्पर्धा प्रति चिन्ता ब्यक्त गरे ।




