
भुतपूर्व शिक्षक ढकालको स्मृतीमा जागेश्वर माविमा २ लाखको अक्षयकोष
गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ८ महादेवटारको जागेश्वर माध्यामिक विद्यालयमा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ ।
विद्यालयका भुतपूर्व शिक्षक एवं समाजसेवी स्वर्गिय शिबप्रसाद ढकालको वार्षिक पुण्यतिथिको अवसरमा शनिवार धर्मपत्नी कमलादेवी ढकालले विद्यालयलाई नगद हस्तान्तरण गरेकी हुन् ।
वडा अध्यक्ष एवं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बासु थापा र सहायक प्रधानाध्यापक विश्वजंग थापालाई उक्त रकम हस्तान्तरण गरिएको हो । उक्त अक्षयकोषबाट विद्यार्थीलाई छात्रवृत्ती दिने विद्यालयले जनाएको छ ।
छात्रावृत्ती बितरण कार्यक्रममा स्वर्गिय शिबप्रसाद ढकालका छोराहरु मनोहर ढकाल, जयराम ढकाल लगायतको पनि उपस्थिती रहेको थियो ।
बुबाले लामो समयदेखि उक्त विद्यालयमा अध्यापन गराउनुभएको र उहाँले शैक्षिक क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै स्मृतीमा अक्षयकोष स्थापना गरिएको मनोहर ढकालले बताए ।




