| मङ्लबार, कार्तिक २४, २०८३

पाँच दिन बोकेर चुमनुब्रीमा निर्वाचन सामग्री

उत्तरी गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकाको मतदान केन्द्रहरुमा मतदान सामाग्री पाँच दिन बोकेर लैजानुपर्ने भएको छ । निर्वाचन आयोग सँग दुर्गममा हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानीका लागि अनुरोध गरेपनि आयोगले उपलब्ध नगराएपछि बोकेर लैजानु परेको हो ।

२१ वटा मतदान केन्द्र रहेको चुमनुब्री गाउँपालिकाको वडा नम्बर ३ बाहेकमा दुई देखि पाँच दिन निर्वाचन सामग्री बोकाएर लैजानुपर्छ । ‘मतदान स्थलमा खटिएका कर्मचारीहरु, सुरक्षाकर्मीले बोकेर लैजानुुपरेको छ’ चुमनुब्री गाउँपालिकाका सहायक निर्वाचन अधिकृत भिमसेन श्रेष्ठले भने ।

स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक सामाग्री, म्यादी प्रहरी, नेपाल प्रहरी, निर्वाचनमा खटिने कर्मचारी सहितको टोली शुक्रवार गोरखा सदरमुकामबाट मतदान केन्द्र तर्फ लागेको श्रेष्ठले बताए ।
धार्चे गाउँपालिका केन्द्र माछाखोला सम्मका लागि तीन वटा बसमा सामाग्री सहित निर्वाचनमा खटिने कर्मचारी शुक्रवार साँझ त्यसतर्फ हिँडेका छन् ।

चुमनुब्री गाउँपालिकाको सबै भन्दा टाढा वडा नं १ सामागाउँ र साम्दो सम्म निर्वाचन सामग्री लैजान पाँच दिन लाग्ने उनले बताए । अहिले वर्षात भईरहेकाले बाटो हिड्न समेत अफ्ठ्यारो भएका बेला निर्वाचन सामग्री बोक्नुपरेको गुनासो कर्मचारी र सुरक्षाकर्मीको छ ।

हिमाली जिल्ला गोरखाको चुमनुब्री गाउँपालिका निर्वाचन सामाग्री ढुवानीका लागि आयोगसँग अन्तिम सम्म सम्म आग्रह गरेपनि उपलब्ध गराउन नसकेको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोईरालाले बताए । मतदान अधिकृतलाई मतपेटिका, मतदान परिचय पत्र, नमूना फाराम लगायतका सामाग्रीको जिम्मा लगाएर पठाइएको छ ।

वैशाख २७ गते भित्रमा जिल्लाका सबै स्थानमा निर्वाचन सम्बन्धी सामाग्री पु¥याइसक्नु पर्ने हुँदा दुर्गममा छिटो पठाइएको हो । बैशाख २७ र २८ गते मतदान स्थलको ब्यवस्थापन मिलाउन्ुपर्ने र २८ र २९ गते मतदान स्थलमा खटिएका मतदान अधिकृत सहितको टोलीले स्थानीयहरुलाई मतदाता शिक्षा दिने र ३० गते शान्तिपूर्ण रुपमा मतदान सम्पन्न गर्ने जिम्मेवारी मतदान केन्द्रमा खटिएकाहरुको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्