
कुमारी बैंकले चुमनुब्रीमा हेलिबाट वृद्धभत्ता पु¥यायो
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा कुमारी बैंक लिमिटेडले हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता पु¥याएको छ ।
बैंकले आफ्ना ग्राहकको सेवा–सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पु¥याउने अभिप्रायले हेलिकोप्टर मार्पmत वृद्ध भत्ता पु¥याएको हो ।
विकट स्थानमा रहेको गोरखाको चुमनुब्री क्षेत्रमा सडकको पहुँच नभएकाले ७० वर्षभन्दा माथिका वृद्ध–वृद्धाहरुले आफ्नो वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षाभत्ता लिनका लागि चारदेखि पाँच दिनको बाटो हिड्नुपर्ने अबस्था थियो । सो कष्टलाई मध्यजनर गरेर वैकले काठटमाडौंदेखि चुमनुब्रीसम्म हेलिकप्टर चार्टर गरी वृद्धभत्ता पु¥याएको जनाएको छ ।
वैकका समन्वय विभागको प्रमुख रोहित सिंहको नेतृत्वमा गएको तीन जनाको टोलीले वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरणको लागि नगद पु¥याउने कार्य गरेको जनाएको छ । वैकले हाल देशभरमा एक सय ८७ शाखा एक सय ७७ एटिएम, ४२ शाखा रहित वैकिङ तथा १६ एक्स्टेन्सन काउन्टर मार्पmत सेवा दिदै आएको जनाएको छ ।




