
३० गते आफ्नो मतदान केन्द्र बाहेकमा जान नपाउने
बैशाख ३० गते स्थानीय निर्वाचनको दिन गोरखामा आफ्नो मतदान केन्द्र बाहेकका मतदात केन्द्रमा जान रोक लगाइएको छ ।
सोमवार जिल्ला प्रशासन कर्यालयमा बसेको सर्वपक्षीय बैठकले मतदानको दिन सो केन्द्रमा मतदान गर्ने मतदाताबाहेक अन्य बाह्य अनाधिकृत ब्यक्तिको प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
‘चुनावलाई शान्त, भयरहित ढंगले सम्पन्न गर्न यो निर्णय गरिएको हो’, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भने । राजनीतिक दलहरुले पनि यो निर्णयमा सहमति जनाएका छन् ।
मौन अवधि सुरु भएसँगै सवारी साधन प्रयोग गर्न, चुनाव प्रचार प्रसार गर्न उम्मेदवारले पनि पाउँदैनन् । मतदाता बाहेकका ब्यक्तिहरु केन्द्र आसपास रहे नरहेको बारे प्रहरीले निग्रानी गर्ने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।




