| शुक्रबार, बैशाख १७, २०८३

panta

गोरखाका पन्त सहित ५ किसानलाई राष्ट्रपति कृषक पुरस्कार

काठमाडौं :  आर्थिक वर्ष २०७४/०७५ को राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पाँच जना किसान पुरस्कृत भएका छन्। देशका विभिन्न ठाउँका आधुनिक कृषि प्रणाली प्रयोग गरि कृषिमा लागेका किसानलाई ममंगलबार सम्मान तथा पुरस्कार दिइएको हो।

चार जना किसानलाई उत्कृष्ट र एक जना किसानलाई सर्वोत्कृष्ट घोषणा गरिएको छ। सर्वोत्कृष्टलाई दुई लाख नगदसहित सम्मान गरिएको छ भने चार जना उत्कृष्टलाई एक लाख नगदसहित सम्मान गरिएको छ। मन्त्रालयले बनाएको कार्यविधिअनुसार उत्कृष्ट कृषकलाई कृषि भूमि सुधार तथा सहकारीमन्त्री चक्रपाणि खनालबाट पुरस्कार दिइएको हो।
राष्ट्रपति सर्वोत्कृष्ठ पुरस्कारबाट सम्मानीत गोरखाका राजेन्द्र पन्त।उनलाई दुई लाख नगदसहित सम्मान गरिएको छ। गोरखाको पालुङटारमा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै साढे दुई सय भन्दा बढी गाइ पालेका छन्।
राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट चितवनका योगेन्द्रबहादुर खड्का सम्मानीत भएका छन्।  योगेन्द्रको अनुपस्थितीमा उनकी आमालाई एक लाख नगदसहितको सम्मान दिइदै।  खड्काले चितवनको भरतपुर महानगरपालिकामा बाह्रा पालन गर्दै आएका छन्।

राष्ट्रपति सर्वोत्कृष्ठ पुरस्कारबाट सम्मानीत  बाँकेका लालबहादुर सुनार।उनलाई एक लाख नगदसहित सम्मान गरिएको छ।  उनले बाँकेको खजुरामा  च्याउखेति गर्दै आएका छन्।
राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट सम्मानीत  धनुषाका बैयालाल मुखिया। उनलाई एक लाख नगदसहित सम्मान गरिएको छ। उनले विगतमा गासबासको लागि समेत गाह्रो  पर्ने  गरेकोमा माछा खेतिमा लागेपछि जीवनस्तर धेरै सुधार भएको बताएका छन्। उनका दुई भाइ छोराहरू समेत व्यवसायीक माछा खेतिमा लागेका छन्।
राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट सम्मानीत  कैलाली टिकापुरका रामबहादुर कुँवर। उनलाई एक लाख नगदसहित सम्मान गरिएको छ। उनले टिकापुर नगरपालिकामा केरा खेति गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्