| मङ्लबार, कार्तिक २४, २०८३

मित्रवत प्रतिस्पर्धा गर्ने गोरखाका गठबन्धन दलको निर्णय

सत्ता गठबन्धन भित्रका चार दलले अन्य दल सँग चुनावी तालमेल नगर्ने निर्णय गरेका छन् । बिहिवार बसेको गठबन्धन दलका नेताहरुको बैठकले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गोरखाका कुनैपनि तहमा गठबन्धन नगरी मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ ।

केन्द्रिय गठबन्धनको बैठकले बैशाख १४ गते निर्णय गरेर सहमती गरेर निर्वाचनमा जान निर्देशन गरेको थियो । बिहिवारको बैठकमा गठबन्धन गर्न गोरखाका दलहरु बिच पटक, पटक छलफल भएको र केन्द्रको निर्देशन पछि पनि सहमती हुन नसकेकाले निर्वाचनमा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको गठबन्धन संयन्त्र संयोजक एवं कांग्रेस सभापति नन्दप्रसाद न्यौपानेले बताए ।

गठबन्धनका दलहरु बिच सहमतीका लागि आगामी दिनमा पनि छलफललाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ ।

No description available.
No description available.

बैठकमा कांग्रेसका सभापति नन्दप्रसाद न्यौपाने, नेकपा माओवादी केन्द्रका अध्यक्ष लेखबहादुर थापा, नेकपा एकिकृत समाजवादीका अध्यक्ष यादबबहादुर बस्नेत, जनता समाजवादीका अध्यक्ष यानप्रसाद भट्ट लगायतको उपस्थिती थियो ।

बैठकमा कांग्रेस जिल्ला सचिव किशोरजंग थापा, माओवादी केन्द्रका केन्द्रिय सदस्य रर्शुराम रम्तेल, नेकपा एकिकृत समाजवादीका इन्चार्ज जुद्धबिलास भण्डारी, जनता समाजवादीका केन्द्रिय सदस्य ज्ञानेन्द्र कुमाल लगायत पनि बैठकमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्