
गोरखामा गठबन्धन नगरी सबै पालिकामा उम्मेद्वारी दर्ता
सत्ता गठबन्धन पाँच दल स्थानीय तहको चुनावमा पनि गठबन्धन गरी चुनाव लड्ने केन्द्रीय नीति बिपरीत गोरखामा सबै पार्टीले सबै पालिकामा अलगअलग मनोनयन दर्ता गरेका छन् ।

नेपाली कांग्रेस :
मनोनयन दर्ता गर्ने अन्तिम दिन सोमबार नेपाली कांग्रेस गोरखाले ११ वटै पालिकामा मनोनयन दर्ता गराएको छ । गोरखा नगरपालिकाको मेयरमा राजनराज पन्त, उपमेयरमा मसलीमाया थोकर(सपना पुन) ले उम्मेदवारी दर्ता गराएका छन् ।
पालुङटार नगरपालिकाको मेयरमा दीपक कँडेल र उपमेयरमा चेतकुमारी श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन् । सिरानचोक गाउँपालिकाको अध्यक्षमा ज्ञानेन्द्र गुरुङ, उपाध्यक्षमा रिता देवकोटाले, अजिरकोट गाउँपालिकाको अध्यक्षमा गोबिन्द गुरुङ, उपाध्यक्षमा इन्द्र गुरुङ र बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्षमा जीतबहादुर घले र उपाध्यक्षमा जानुका सापकोटाले उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै धार्चे गाउँपालिकाको अध्यक्षमा सन्तोष गुरुङ, उपाध्यक्षमा पूmलमाया गुरुङ, चुमनुब्री गाउँपालिकाको अध्यक्षमा धनबहादुर गुरुङ, उपाध्यक्ष मेन्दोक छुकी लामाले र आरुघाट गाउँपालिकाको अध्यक्षमा राजु गुरुङ र उपाध्यक्षमा कल्पना नेपालीले उम्मेद्वारी दर्ता गरेका छन् ।
त्यस्तै भिमसेन थापा गाउँपालिकाको अध्यक्षमा रोशन गुरुङ, उपाध्यक्ष अमृता वस्तीले, शहीदलखन गाउँपालिकाको अध्यक्षमा नारायण लामिछाने, उपाध्यक्षमा सर्मिला श्रेष्ठ र गण्डकी गाउँपालिकाको अध्यक्षमा होमबहादुर राना र उपाध्यक्षमा ललिता अधिकारीले उम्मेदवारी दर्ता गराएको जिल्ला सचिव किशोरजंग थापाले जानकारी दिए ।
नेकपा माओवादी केन्द्र :
त्यस्तै नेकपा माओवादी केन्द्रले पनि ११ वटै पालिकाको प्रमुख, उपप्रमुख र सबै वडा अध्यक्ष, सदस्यको उम्मेद्वारी दर्ता गराएको छ । गोरखा नगरपालिकाको मेयरमा कृष्ण राना र उपमेयरमा धना तमु कोईरालाले, पालुङटार नगरपालिको मेयरमा विवश चिन्तन, उपमेयर बन्दना पाण्डेले उम्मेद्वारी दर्ता गराएका छन् ।

सिरानचोक गाउँपालिकाको अध्यक्षमा नवराज पुडासैनी, उपाध्यक्षमा पूर्णकुमारी कँडेल, अजिरकोटको अध्यक्षमा दीपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेल, बारपाक सुलिकोटको अध्यक्षमा बिष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ र धार्चेको अध्यक्षमा लक्ष्मण गुरुङ र उपाध्यक्षमा सुनिला गुरुङले उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यस्तै चुमनुब्री गाउँपालिकाको अध्यक्षमा निमा लामा र उपाध्यक्षमा लक्ष्मी गुरुङले, आरुघाटको अध्यक्षमा ऋषि खनाल र उपाध्यक्षमा पार्वती सापकोटाले, भीमसेन थापाको अध्यक्षमा लोकप्रसाद बञ्जरा र उपाध्यक्ष जुनु श्रेष्ठले, शहीदलखनको अध्यक्षमा रमेश थापा मगर र उपाध्यक्षमा इन्दिरा तिवारीले र गण्डकी गाउँपालिकाको अध्यक्षमा दीपक तिमल्सिना र उपाध्यक्षमा पार्वती गुरुङले उम्मेदवारी दर्ता गराएको जिल्ला समन्वय समितिका संयोजक लेखबहादुर थापाले जानकारी दिएका छन् ।
नेकपा एमाले :
त्यस्तै नेकपा एमाले गोरखाले पनि सबै पालिकामा प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुको मनोनयन दर्ता गराएको छ । पार्टी सचिव काजीराम रोकाका अनुसार गोरखा नगरपालिकाको मेयरमा सम्झना देवकोटा, उपमेयरमा दिनेश तमु, पालुङटार नगरपालिकाको मेयरमा हरि भट्ट र उपमेयरमा पार्वती पाठकले उमेदवारी दर्ता गराएका छन् । सिरानचोक गाउँपालिकाको प्रमुखमा देवराज श्रेष्ठ र उपप्रमुखमा शशी देवकोटा, अजिरकोटको अध्यक्षमा गीता पोखरेल र उपाध्यक्षमा शेखर न्यौपाने उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै, बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्षमा हरि बस्नेत, उपाध्यक्षमा कृष्णकुमारी गुरुङ, धार्चेको अध्यक्षमा सुकबहादुर घले र उपाध्यक्षमा आशा गुरुङ, चुमनुब्रीको अध्यक्षमा सुक गुरुङ र उपाध्यक्षमा सानु गुरुङलेले उम्मेद्वारी दिएका छन् । त्यस्तै आरुघाटको अध्यक्षमा कृष्ण नेपाली, उपाध्यक्षमा सिता दाहालले, भीमसेनथापाको अध्यक्षमा सुरेश श्रेष्ठ र उपाध्यक्षमा रुपा भट्ट, शहिदलखन गाउँपालिकाको अध्यक्षमा मनोज जोशी र उपाध्यक्षमा लुना थापा र, गण्डकी गाउँपालिकाको अध्यक्षमा विष्णु पन्त र उपाध्यक्षमा रेनुका नहर्र्कीले उम्मेदवारी दर्ता गरेको नेकपा एमाले गोरखाका सचिव काजिराम रोकाले जानकारी दिए ।
जनता समाजवादी पाटी :
जनता समाजवादी पार्टीले पनि विभिन्न पालिकामा प्रमुख, उपप्रमुख सहित विभिन्न पदमा उम्मेद्वारी दिएको छ । सो पार्टीका जिल्ला अध्यक्ष यानप्रसाद भट्टका अनुसार गोरखा नगरपालिकाको मेयरमा सञ्जु भट्ट नेपाली र उपमेयरमा नारायण खत्री, पालुङ्टार नगरपालिकाको मेयरमा प्रेम गुरुङ, सिरानचोक गाउँपालिकाको प्रमुखमा चित्रबहादुर गुरुङ, अजीरकोटको उपप्रमुखमा मनबहादुर तामाङ, धार्चेको प्रमुखमा विसबहादुर गुरुङ, चुमनुब्रीको प्रमुखमा गणेश कार्की, आरुघाटको प्रमुखमा राजेन्द्र पराजुली, भीमसेनको प्रमुखमा मिलन न्यौपाने र उपप्रमुखमा रोहिणीप्रसाद पाण्डे, शहीदलखन गाउँपालिकाको प्रमुखमा कल्पना थापा र गण्डकी गाउँपालिकाको उपप्रमुखमा भीम श्रेष्ठले उम्मेद्वारी दिएका छन् ।

नेकपा एकीकृत समाजवादी :
नेकपा एकीकृत समाजवादीबाट गोरखा नगरपालिकाको मेयरमा सानुमाया बस्नेत र उपमेयरमा यादव बस्नेतले उम्मेद्वारी दिएका छन् ।
त्यस्तै राप्रपाबाट गोरखा नगरपालिकाको मेयरमा रुद्रराज पाण्डे र उपमेयरमा सम्झना लामिछानेको उम्मेद्वारी परेको छ । मंगोल नेशनल अर्गनाइजेशनले मेयरमा कृष्णबहादुर तामाङ र उपमेयरमा मन्सु गुरुङको उम्मेद्वारी दर्ता गराएका छन् ।
नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाको तर्फबाट पूर्व जिल्ला इन्चार्ज योगेन्द्र कुमालले र नेकपा मालेका नारायणबाबु आचार्यले पनि गोरखा नगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेद्वारी दर्ता गराएका निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
मंगोल नेशनल अर्गनाइजेशन :
मंगोल नेशनल अर्गनाइजेशनले पनि गोरखाका १० वटै स्थानीय तहको प्रमुख र उपप्रमुखमा उम्मेद्वारी दर्ता गराएको छ । गोरखा नगरपालिका प्रमुखमा कृष्णबहादुर तामाङ, उपप्रमुखमा मन्सु तामाङ, पालुङ्टार नगरपालिकाको प्रमुखमा वेगबहादुर गुरुङ र उपप्रमुखमा श्रीमाया तामाङको उम्मेद्वारी दर्ता गरेको पार्टीले जनाएको छ ।
अजिरकोट गाउँपालिका अध्यक्षमा यमबहादुर गुरुङ, उपाध्यक्षमा अमृता तामाङ, बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्षमा आशा घले(नुमा) उपाध्यक्षमा प्रसाद गुरुङ, अजिरकोट गाउँपालिका अध्यक्षमा इमान योञ्जन तामाङ, उपाध्यक्षमा अमृता तामाङले उम्मेद्वारी दर्ता गरेका छन् ।
शहीदलखन गाउँपालिकाको अध्यक्षमा सुनु राना मगर, उपाध्यक्षमा तारा थापामगर, धार्चे गाउँपालिका अध्यक्ष श्रीजना गुरुङ, उपाध्यक्षमा देवन घले, आरुघाट गाउँपालिका अध्यक्षमा रामबहादुर लामा, चुमनुब्री गाउँपालिका अध्यक्षमा तेम्बा नुब्री ग्याल्जेन र गण्डकी गाउँपालिका अध्यक्षमा गंगा राना मगर उम्मदे्वारी दर्ता गरेको उनले जानकारी दिए । भिमसेन थापा गाउँपालिका बाहेक सबै पालिकामा वडा सदस्य देखि पालिका प्रमुख र उपप्रमुखको उम्मेद्वारी दर्ता गरेको सचिव घलेले जानकारी दिए ।




