| मङ्लबार, कार्तिक २४, २०८३

विप्लव नेतृत्वको नेकपाका पूर्व जिल्ला इन्चार्ज कुमालद्वारा मेयरमा उम्मेद्वारी दर्ता


विप्लव नेतृत्वको नेकपाका पूर्व जिल्ला इञ्चार्ज योगेन्द्र कुमालले गोरखा नगरपालिकाका मेयर पदमा उम्मेद्वारी दर्ता गराएका छन् ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर स्वतन्त्रतर्फबाट मेयर पदमा मनोनयन दर्ता गराएका हुन् ।


गोरखा नगरपालिका – १२ कुन्दुरटार निवासी कुमाल नेकपाबाट उम्मेदवार भए पनि सो पार्टी निर्वाचन आयोगमा दर्ता नभएकाले स्वतन्त्रबाट मनोनयन दर्ता गराएको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी कपिल भट्टले बताए ।


गोरखा नगरपालिकाको उपप्रमुख तथा अन्य पालिका र वडाहरुमा पनि सोमबार मनोनयन दर्ता गराउन छलफल चलिरहेको उनले बताए ।

कुमाल हाल चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्र्टीका विशेष समिति सदस्य हुन् ।


कुमालले स्वतन्त्र उमेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामचन्द्र केसीले बताए ।

आइतबार गोरखा नगरपालिकाको मेयरमा कुमाल सहित मंगोल नेशनल अर्गनाइजेशनको तर्फबाट कृष्णबहादुर तामाङले पनि उम्मेद्वारी दर्ता गराएका छन् ।

उपमेयर पदमा मन्सु गुरुङले मनोनयन गरेकी छन् । वडा अध्यक्ष र वडा सदस्यमा भने स्वतन्त्रसहित ६ जनाको उमेदवारी परेको केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्