
गोरखा नगरपालिकाको मेयर, उप मेयर र वडा अध्यक्षमा उम्मेदवारी दर्ता सुरु
गोरखा नगरपालिकाको मेयर उप मेयरमा मनोनय दर्ता भएको छ । मंगोलनेशनल अर्गनाईजेशन पार्टीको तर्फबाट वडा नम्बर ७ का कृष्णबहादुर तामाङले मेयर र वडा नम्बर ७ का मन्सु गुरुङले उपमेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
अन्य पार्टीले भने आईतवार दिउँसो सम्म उम्मेदवारी दर्ता गराएका छैनन् ।
गोरखा नगरपालिका वडा नम्बर ९ मा अध्यक्षमा शिब केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् भने सदस्यमा होमबहादुर खत्रीले उम्मेदवारी दिएका छन् ।
मंगोलनेशन अर्गनाईजेशन पार्टीको तर्फबाट गोनपा ८ मा कल्याण अछामी, वडा नम्बर १२ मा धनबहादुर लामा, १० मा वुद्धीमाया तामाङले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामचन्द्र केसीले बताए ।
ठुला राजनीतिक दलले कसैले पनि अहिले सम्म उमेदवारी दर्ता गराएका छैनन् ।




