लार्केपास गर्न गएका बिदेशी पर्यटकको उत्तरी गोरखामा मृत्यू
लार्केपास गर्न उत्तरी गोरखा पुगेका एक पर्यटकको मृत्यू भएको छ ।
चुमनुब्री गाउँपालिका १ धर्मशाला स्थित लार्के होटलमा बास बसेका ६४ वर्षिय कोरियन नागरिक डोङकि जोङ को मृत्यू भएको प्रहरीले जनाएको छ ।
होटलमा बास बसेका उनी बन्द कोठा भित्र मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाण्डौँ लगिएको उनले बताए । उनी सलोम ¥याफ्टीङ ट्रेकिङ काठमाण्डौँ मार्फत लार्के पासका लागि मनास्लु पदमार्ग हुँदै त्यहाँ पुगेका थिए ।




